Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

नेपाल ट्रेड युनियन कांग्रेसका नेता रिजालको निधन

२० माघ २०८१, आईतवार ११:१८

२० माघ,काठमाडौं। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसका नेता तेजप्रसाद रिजालको निधन भएको छ।

ट्रेड युनियनमा आबद्ध नेपाल इम्बोइडरी ह्याण्डिक्राफ्ट तथा सिलाइबुनाइ श्रमिक संघका अध्यक्षसमेत रहेका रिजालको गएराति हृदयघातका कारण निधन भएको ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजङ्ग कार्कीले जानकारी दिए।

रिजालको निधनप्रति नेपाल ट्रेड युनियन कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ। युनियनका महासचिव अजयकुमार राईले आज शोक विज्ञप्ति जारी गरी रिजालको निधनले नेपालको श्रमिक आन्दोलनमा ठूलो क्षति पुगेको बताए।

प्रतिक्रिया दिनुहोस्