Trending
सीजी मोटर्सको अफर : अब ९.९९ लाख डाउन पेमेन्टमै रिडारा आरडी–६ ईभी पिकअप     |     टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर     |     देशका ठूला दलहरू वैचारिक संकटमा छन् : अध्यक्ष दाहाल     |     कांग्रेस नेता तथा गण्डकीका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन     |     चन्द्रागिरिमा एउटै ढुङ्गाबाट निर्मित १०८ शिवलिङ्गसहितको विश्रामेश्वर महादेव मन्दिर निर्माण     |     लहानमा स्रोत नखुलेको १० लाखभन्दा बढी नगदसहित भारतीय नागरिक पक्राउ     |     मुख्यमन्त्री कँडेलद्वारा अमरज्योति माविको भवन शिलान्यास     |     सांसद किरण साहको सांसद पद खारेजी र मत फिर्ताको माग गर्दै निवेदन आएपछि के गर्छ…     |     ‘दृश्यमा नेपाल : कोशी प्रदेश शृङ्खला–१’ मा युवा पत्रकार नमराज आचार्य सम्मानित     |     एभरेष्ट ग्यालरीको आयोजनामा दृश्यमा कोशी प्रदेश शृङ्खला १ विमोचन कार्यक्रम सम्पन्न     |    
समाचार

काठमाडौँका विभिन्न स्थानमा आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने

२१ माघ २०८१, सोमबार ०६:५७

२१ माघ, काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने भएको छ ।

ती फिडरअन्तर्गतका स्थानमा आज बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन लागेको नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार माघ २१ गते भत्केको पुल (चाबहिल) वरिपरिका क्षेत्र, २२ गते कलङ्की मालपोत वरिपरिका क्षेत्र, २३ गते बालकुमारी, इमाडोल तथा लुभु वरिपरिका क्षेत्र, २४ गते नैकापदेखि बलम्बुसम्मका क्षेत्र, २५ गते बल्खुदेखि चोभार गेटसम्मको क्षेत्र र २७ गते जोरपाटी फिडरअन्तर्गत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्रमा विद्युत् अवरुछ हने छ ।

यस्तै माघ २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मको क्षेत्र र २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत् अवरुद्ध हुने जनाइएको छ । आठ दिनसम्म विद्युत् आपूर्ति अवरुद्ध हुन गएकामा क्षमा माग्दै प्राधिकरणले मौसम प्रतिकूल रहेमा ‘सटडाउन’ नहुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्