Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
खेलकुद

रोनाल्डोको दुई गोलमा अल नासरको फराकिलो जित

२२ माघ २०८१, मंगलवार ०४:३८

२२ माघ, काठमाडौँ। साउदी प्रो लिग क्लब अल नासरले एएफसी च्याम्पियन्स लिग इलाइटमा सानदार जित दर्ता गरेको छ ।

गएराति भएको खेलमा यूएईको क्लब अल वासललाई अल नासरले ४-० ले पराजित गरेको हो । अल नासरको जितमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । त्यस्तै अलि अल हासन र मोहमद अल फातिले एक-एक गोल गरेका थिए । यस खेलमा २ गोल गरेसँगै रोनाल्डोले आफ्नो करियर गोल संख्या ९२३ पुर्‍याएका छन् ।

उनले पहिलो गोल पेनाल्टी तथा दोस्रो गोल हेडरमार्फत गरेका हुन् । त्यस्तै, अलि अल हासन र मोहम्मद अल फातिको नाममा एक/एक गोल रह्यो । यो जितपछि अल नासरको एएफसी च्याम्पियन्स लिगमा ७ खेलमा १६ अंक भएको छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै अल वासलको ७ खेलमा ११ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्