Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

नेपाल टेलिकमले कमायो ६ अर्ब २३ करोड मुनाफा

२२ माघ २०८१, मंगलवार ०८:२१

काठमाडौं। नेपाल टेलिकमले एक वर्षमा ६ अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा गरेको छ ।

२१ औँ वार्षिकोत्सवमा कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को कुल आयव्ययसहित विवरण सार्वजनिक गर्दै टेलिकमले कुल मुनाफा ६ अर्ब २३ करोड रुपैयाँ कमाएको जनाएको हो ।

कार्यक्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले मुलुकको समग्र अर्थतन्त्रमा कम्पनीको योगदान उल्लेखनीय रहेको बताइन् । चालु आर्थिक वर्षको पौष मसान्तसम्म कम्पनीले करिब रु २० अर्ब १२ करोड आय आर्जन गरिसकेको छ जनाएको छ ।

आव २०७९/८० मा कम्पनीले कर तथा शुल्क, दस्तुर, लाभांश, ग्रामीण दूरसञ्चार विकास कोष र रोयल्टी एवं श्रोतमा कट्टीकर वापत २८ अर्ब ४६ करोड सरकारी कोषमा योगदान पुर्‍याएकोमा समीक्षा अवधि आव २०८०/८१ मा ४१ अर्ब ५९ करोडको योगदान पुर्‍याएको जनाएको छ । चालु आवको छ महिनामा कम्पनीले १० अर्ब ८१ करोडभन्दा बढी योगदान गरिसकेको जनाएको छ ।

जीएसएमतर्फ २ करोड ७ लाख ७४ हजार र पीएसटीएन सेवाका ग्राहक ८७ हजार, एचटीटीफ भ्वाइस सेवा लिने ३ लाख ८० हजार रहेको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्