Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

नेपाल टेलिकमले कमायो ६ अर्ब २३ करोड मुनाफा

२२ माघ २०८१, मंगलवार ०८:२१

काठमाडौं। नेपाल टेलिकमले एक वर्षमा ६ अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा गरेको छ ।

२१ औँ वार्षिकोत्सवमा कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को कुल आयव्ययसहित विवरण सार्वजनिक गर्दै टेलिकमले कुल मुनाफा ६ अर्ब २३ करोड रुपैयाँ कमाएको जनाएको हो ।

कार्यक्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले मुलुकको समग्र अर्थतन्त्रमा कम्पनीको योगदान उल्लेखनीय रहेको बताइन् । चालु आर्थिक वर्षको पौष मसान्तसम्म कम्पनीले करिब रु २० अर्ब १२ करोड आय आर्जन गरिसकेको छ जनाएको छ ।

आव २०७९/८० मा कम्पनीले कर तथा शुल्क, दस्तुर, लाभांश, ग्रामीण दूरसञ्चार विकास कोष र रोयल्टी एवं श्रोतमा कट्टीकर वापत २८ अर्ब ४६ करोड सरकारी कोषमा योगदान पुर्‍याएकोमा समीक्षा अवधि आव २०८०/८१ मा ४१ अर्ब ५९ करोडको योगदान पुर्‍याएको जनाएको छ । चालु आवको छ महिनामा कम्पनीले १० अर्ब ८१ करोडभन्दा बढी योगदान गरिसकेको जनाएको छ ।

जीएसएमतर्फ २ करोड ७ लाख ७४ हजार र पीएसटीएन सेवाका ग्राहक ८७ हजार, एचटीटीफ भ्वाइस सेवा लिने ३ लाख ८० हजार रहेको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्