Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

हिमालयन ‘ए’ ले जित्यो केसीए क्रिकेटको उपाधि

२२ माघ २०८१, मंगलवार ११:२२

२२ माघ, काठमाडौँ । ग्रेट हिमालयन क्रिकेट एकेडेमीले केसीए यु– १४ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

सोमबार भएको फाइनल खेलमा हिमालयनले ओएसिस क्रिकेट एकेडेमीलाई ६० रनले हराउँदै उपाधि जितेको हो ।
हिमालयनले दिएको ९७ रनको लक्ष्य पछ्याएको ओएसिसले १७.५ ओभरमका सबै विकेट गुमाएर ३६ रन मात्रै बनाउन सक्यो । उसका लागि गञ्चाङ मिश्र र आरोन जङ्ग गिरिले समान ११ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हिमालयनका लागि तपेन्द्र विष्टले २६ रन बनाउँदा सुलभ न्यौपानेले १५ रनको योग्दान दिए ।

उपाधिसँगै हिमालयनले ५० हजारसहित ट्रफी मेडल पायो भने उपविजेता ओएिससले ३० हजार पायो ।यस्तै, प्रतियोगिताको सर्वाधिक १० विकेट लिएका हिमालयन ए का सौगात धामी वेस्ट बलर घोषित भए भने वेस्ट ब्याटर केबीन दैलिएल र प्लेयर अफ द सिरिज हिमालयन ए जयन्द्र विष्ट घोषित भए ।

यी तीनै विधाका खेलाडीहरु समान ५ हजार पाए ।
यस्तै, फाइनल तथा समापन खेलमा नेपाल क्रिकेट संघ क्यान अध्यक्ष चतुरबहादुर चन्द प्रमुख अतिथि र उपाध्यक्ष रोशनकुमार सिंहले काठमाडौं क्रिकेट एकेडेमीको उद्घाटन गरेका थिए भने भंगाल नगरपालिकाका मेयर संजिव शाह नेपाली राष्ट्रिय टिमका सदस्य आसिफ शेख लगायतका अतिथिको उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस्