Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
खेलकुद

हिमालयन ‘ए’ ले जित्यो केसीए क्रिकेटको उपाधि

२२ माघ २०८१, मंगलवार ११:२२

२२ माघ, काठमाडौँ । ग्रेट हिमालयन क्रिकेट एकेडेमीले केसीए यु– १४ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

सोमबार भएको फाइनल खेलमा हिमालयनले ओएसिस क्रिकेट एकेडेमीलाई ६० रनले हराउँदै उपाधि जितेको हो ।
हिमालयनले दिएको ९७ रनको लक्ष्य पछ्याएको ओएसिसले १७.५ ओभरमका सबै विकेट गुमाएर ३६ रन मात्रै बनाउन सक्यो । उसका लागि गञ्चाङ मिश्र र आरोन जङ्ग गिरिले समान ११ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हिमालयनका लागि तपेन्द्र विष्टले २६ रन बनाउँदा सुलभ न्यौपानेले १५ रनको योग्दान दिए ।

उपाधिसँगै हिमालयनले ५० हजारसहित ट्रफी मेडल पायो भने उपविजेता ओएिससले ३० हजार पायो ।यस्तै, प्रतियोगिताको सर्वाधिक १० विकेट लिएका हिमालयन ए का सौगात धामी वेस्ट बलर घोषित भए भने वेस्ट ब्याटर केबीन दैलिएल र प्लेयर अफ द सिरिज हिमालयन ए जयन्द्र विष्ट घोषित भए ।

यी तीनै विधाका खेलाडीहरु समान ५ हजार पाए ।
यस्तै, फाइनल तथा समापन खेलमा नेपाल क्रिकेट संघ क्यान अध्यक्ष चतुरबहादुर चन्द प्रमुख अतिथि र उपाध्यक्ष रोशनकुमार सिंहले काठमाडौं क्रिकेट एकेडेमीको उद्घाटन गरेका थिए भने भंगाल नगरपालिकाका मेयर संजिव शाह नेपाली राष्ट्रिय टिमका सदस्य आसिफ शेख लगायतका अतिथिको उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस्