Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
खेलकुद

फेरिल्यान्ड र बीएनएको विजयी सुरुआत

२२ माघ २०८१, मंगलवार ११:२९

२२ माघ, काठमाडौं। आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुल र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गल्र्समा मंगलबार विजयी सुरुआत गरेका छन् ।

कपनस्थित घरेलु कोर्टमा फेरिल्यान्डले लोयल्टी एकेडेमीलाई ३१–१८ ले पराजित ग¥यो । फेरिल्यान्डको जितमा करुणा बोगटीले ८ अंक योगदान गरिन् । डेनिशा जिसी र पासाङ शेर्पाको समान ६–६ अंक सहयोगमा बीएनएले मन्जरीलाई २६–२२ ले हरायो ।

जुनियर गल्र्समै सेन्ट जोसेफले पिक प्वाइन्टलाई २२–१७ तथा एनसीसीएसले ब्रेनल्यान्डलाई ३०–२१ ले पाखा लगाए । सेन्ट जोसेफकी तुलसा विष्टले ६ तथा एनसीसीएसकी याङजुम शेर्पाले १२ स्कोर गरे ।

जुनियर ब्वाइजमा फेरिल्यान्डले पिक प्वाइन्टलाई ३४–२७, सेन्ट जोसेफले रिलायन्स को–एडलाई ३०–२२, किङडम हिमालयनले मन्जरीलाई ५२–३२ र न्युटनले फ्युजन एकेडेमीलाई ३४–१९ ले पन्छाए । फेरिल्यान्डका मिङमार तामाङले १२, सेन्ट जोसेफका सविन मगरले १०, किङडमका विकास लामाले ८ र न्युटनका आर्यन विकले २२ अंक बटुले ।

प्रतियोगिताको बूढानीलकण्ठ नगरपालिका प्रवक्ता एवं वडा १० का अध्यक्ष नवराज भट्टराई र फेरिल्यान्डका संस्थापक प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले संयुक्त रुपमा एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको जुनियर ब्वाइज र जुनियर गल्र्समा समान १२–१२ गरी २४ टिम सहभागी छन् । फाइनल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्