Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

फेरिल्यान्ड र बीएनएको विजयी सुरुआत

२२ माघ २०८१, मंगलवार ११:२९

२२ माघ, काठमाडौं। आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुल र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गल्र्समा मंगलबार विजयी सुरुआत गरेका छन् ।

कपनस्थित घरेलु कोर्टमा फेरिल्यान्डले लोयल्टी एकेडेमीलाई ३१–१८ ले पराजित ग¥यो । फेरिल्यान्डको जितमा करुणा बोगटीले ८ अंक योगदान गरिन् । डेनिशा जिसी र पासाङ शेर्पाको समान ६–६ अंक सहयोगमा बीएनएले मन्जरीलाई २६–२२ ले हरायो ।

जुनियर गल्र्समै सेन्ट जोसेफले पिक प्वाइन्टलाई २२–१७ तथा एनसीसीएसले ब्रेनल्यान्डलाई ३०–२१ ले पाखा लगाए । सेन्ट जोसेफकी तुलसा विष्टले ६ तथा एनसीसीएसकी याङजुम शेर्पाले १२ स्कोर गरे ।

जुनियर ब्वाइजमा फेरिल्यान्डले पिक प्वाइन्टलाई ३४–२७, सेन्ट जोसेफले रिलायन्स को–एडलाई ३०–२२, किङडम हिमालयनले मन्जरीलाई ५२–३२ र न्युटनले फ्युजन एकेडेमीलाई ३४–१९ ले पन्छाए । फेरिल्यान्डका मिङमार तामाङले १२, सेन्ट जोसेफका सविन मगरले १०, किङडमका विकास लामाले ८ र न्युटनका आर्यन विकले २२ अंक बटुले ।

प्रतियोगिताको बूढानीलकण्ठ नगरपालिका प्रवक्ता एवं वडा १० का अध्यक्ष नवराज भट्टराई र फेरिल्यान्डका संस्थापक प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले संयुक्त रुपमा एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको जुनियर ब्वाइज र जुनियर गल्र्समा समान १२–१२ गरी २४ टिम सहभागी छन् । फाइनल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्