Trending
रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |     नेपाल र चीनबीच उसु खेल विकासका लागि तीन वर्षे सम्झौता     |     लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा टिनु योहान्नान     |     प्रधानमन्त्री कार्कीद्वारा नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन आह्वान     |     ‘समयअघिनै जन्मिएका शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य गर्नुपर्छ’     |     नेपालद्वारा माल्दिभ्स पराजित     |    
खेलकुद

दोश्रो विश्वविद्यालय खेलकुद भोलिदेखि

२२ माघ २०८१, मंगलवार १३:१७

२२ माघ, काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा दोश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता बुधबारदेखि पोखरामा हुने भएको छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राखेपका सदस्य एवं आयोजक समितिका संयोजक डा. मधुसुदन सुवेदीले मंगलबार पोखरा रंगशालामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

विश्वविद्यालयमा अध्ययनरत २८ वर्षमुनिका विद्यार्थी भित्र रहेको खेल प्रतिभाको प्रष्फुटन गराउने तथा खेलाडीहरुलाई हौसला र प्रेरणा प्रदान गर्ने उदेश्यसहित राखेपले गत वर्षबाट विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्न थालेको हो ।
गण्डकी विश्वविद्यालयको सह–आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको समन्वयमा हुन लागेको प्रतियोगितामा एथलेटिक्स, भलिबल, ब्याडमिन्टन र टेबलटेनिस गरी ४ खेलमा प्रतिस्पर्धा हुनेछ । विभिन्न ९ विश्वविद्यालयको सहभागिता रहने प्रतियोगितामा जम्मा १९ स्वर्णका लागि भिडन्त हुनेछ । एथलेटिक्सको पुरुष÷महिलामा समान ५–५ गरी १० स्पर्धामा खेल हुनेछ । ब्याडमिन्टन र टेबलटेनिसमा पुरुष÷महिला सिंगल्स र डबल्समा खेल हुनेछ । भलिबलमा पुरुषतर्फ मात्र खेल हुनेछ ।

प्रत्येक विश्वविद्यालयबाट २६ का दरले ९ विश्वविद्यालयबाट जम्मा २ सय ३४ खेलाडी सहभागी हुन् छन् । सहभागी हुने विश्वविद्यालयमा त्रिभूवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिमान्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र गण्डकी विश्वविद्यालय रहेका छन् ।

दुईदिने प्रतियोगिताका सम्पूर्ण खेलहरु पोखरा रंगशाला हातामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्