Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

दोश्रो विश्वविद्यालय खेलकुद भोलिदेखि

२२ माघ २०८१, मंगलवार १३:१७

२२ माघ, काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा दोश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता बुधबारदेखि पोखरामा हुने भएको छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राखेपका सदस्य एवं आयोजक समितिका संयोजक डा. मधुसुदन सुवेदीले मंगलबार पोखरा रंगशालामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

विश्वविद्यालयमा अध्ययनरत २८ वर्षमुनिका विद्यार्थी भित्र रहेको खेल प्रतिभाको प्रष्फुटन गराउने तथा खेलाडीहरुलाई हौसला र प्रेरणा प्रदान गर्ने उदेश्यसहित राखेपले गत वर्षबाट विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्न थालेको हो ।
गण्डकी विश्वविद्यालयको सह–आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको समन्वयमा हुन लागेको प्रतियोगितामा एथलेटिक्स, भलिबल, ब्याडमिन्टन र टेबलटेनिस गरी ४ खेलमा प्रतिस्पर्धा हुनेछ । विभिन्न ९ विश्वविद्यालयको सहभागिता रहने प्रतियोगितामा जम्मा १९ स्वर्णका लागि भिडन्त हुनेछ । एथलेटिक्सको पुरुष÷महिलामा समान ५–५ गरी १० स्पर्धामा खेल हुनेछ । ब्याडमिन्टन र टेबलटेनिसमा पुरुष÷महिला सिंगल्स र डबल्समा खेल हुनेछ । भलिबलमा पुरुषतर्फ मात्र खेल हुनेछ ।

प्रत्येक विश्वविद्यालयबाट २६ का दरले ९ विश्वविद्यालयबाट जम्मा २ सय ३४ खेलाडी सहभागी हुन् छन् । सहभागी हुने विश्वविद्यालयमा त्रिभूवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिमान्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र गण्डकी विश्वविद्यालय रहेका छन् ।

दुईदिने प्रतियोगिताका सम्पूर्ण खेलहरु पोखरा रंगशाला हातामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्