Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

२४ माघ २०८१, बिहीबार ०७:३३

२४ माघ,पर्सा। वीरगंज महानगरपालिका-१० आदर्शनगरबाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ सहित बिन्दबासिनी गाउँपालिका-३ झौवा बस्ने ४३ वर्षीय अजय कुमार साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।

त्यस्तै, शहीदनगर नगरपालिका-३ यदुकुहा बजारबाट स्रोत नखुलेको १ लाख ४७ हजार भारतीय रूपैयाँ सहित सबैला नगरपालिका-११ इनर्बा टोल बस्ने २० वर्षीय चन्द शेखलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले तिनकोरीयाबाट यदुकुहातर्फ आउँदै गरेको ज.१२ प २०३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्