Trending
दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |    
समाचार

मध्यरातमा कमला खोलामा सुरक्षा अधिकारीसहित मुख्यमन्त्री पुगेपछि

२४ माघ २०८१, बिहीबार ०८:०४

२४ माघ,जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह मध्यराति कमला खोलाको अनुगमनमा पुगेका छन्।

मुख्यमन्त्री सिंहसहित पुगेका सुरक्षाकर्मीलाई देखेपछि रातको समयमा कमला खोलाको दोहन गरिरहेकाहरू भागाभाग भए । धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित कमला खोलाको पोर्ताहा क्षेत्रमा बुधबार मध्यरातमा पनि बालुवा र गिट्टी उत्खनन् भइरहेको थियो ।

मुख्यमन्त्री सिंहसँगै धनुषा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बरुण सिंह पनि थिए । उनको टोलीले नदीजन्य पदार्थ ओसारपसारमा संलग्न १३ ट्याक्टर, दुईवटा बकेट र पाँच जना चालकलाई नियन्त्रणमा लिइएको छ ।

रातको समयमा पनि कमला खोलाको वनक्षेत्र र सामुदायिक वन क्षेत्रमा अवैध तथा अनुचितढंगले ढुंगाा–गिट्टी र बालुवा उत्खनन भइरहेको गुनासो आएपछि मुख्यमन्त्री सिंह धनुषाका सुरक्षा अधिकारीसहित बुधबार राति १२ बजेदेखि ३ बजेसम्म त्यस क्षेत्रमा खटिएका हुन् ।

मुख्यमन्त्री सिँहले विधि, प्रक्रिया र मापदण्डविपरीत प्राकृतिक स्रोतको उत्खनन् तथा जथाभाबी दोहनबाट राज्यको सम्पत्ति हानीनोक्सानी भएको तथा विपत् निम्तिँदै आएकाले त्यसविरुद्ध आफूले अनुगमन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्