Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

धरौटीमा रिहा भए ‘नो केबलकार’ पक्षधर ३ जना

२४ माघ २०८१, बिहीबार ०८:२१

२४ माघ, ताप्लेजुङ। ताप्लेजुङको पाथीभरामा केबुलकार बनाउन नहुने माग गर्दै आन्दोलन गर्दा पक्राउ परेकाहरू रिहा भएका छन् । ताप्लेजुङ प्रहरीको नियन्त्रणमा रहेका तीन जना धरौटीमा रिहा भएका हुन् ।

१० हजार रुपैयाँ धरौटी बुझाएर प्रदीप मादेन तथा ५–५ हजार रुपैयाँ बुझाएर लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बू रिहा भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए।

माघ १२ गते केबलकारको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो। झडपमा तीन जना गम्भीर घाइते भएका थिए। प्रहरीले दमन गरेको भन्दै विरोधमा आन्दोलनरत पक्षले अरुण पूर्वका नौ जिल्ला अनिश्चितकालीन बन्द आह्वान गरेका थिए।

गृह मन्त्रालयको टोलीसँग २२ माघमा भएको वार्तामा केबुलकार निर्माण र आन्दोलन स्थगित गर्ने तथा पक्राउ परेकाहरूलाई रिहा गर्ने लगायत ६ बुँदे सहमति भएको थियो । सोही सहमति अनुसार नै पक्राउ परेकाहरूलाई छोडिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्