Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

धरौटीमा रिहा भए ‘नो केबलकार’ पक्षधर ३ जना

२४ माघ २०८१, बिहीबार ०८:२१

२४ माघ, ताप्लेजुङ। ताप्लेजुङको पाथीभरामा केबुलकार बनाउन नहुने माग गर्दै आन्दोलन गर्दा पक्राउ परेकाहरू रिहा भएका छन् । ताप्लेजुङ प्रहरीको नियन्त्रणमा रहेका तीन जना धरौटीमा रिहा भएका हुन् ।

१० हजार रुपैयाँ धरौटी बुझाएर प्रदीप मादेन तथा ५–५ हजार रुपैयाँ बुझाएर लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बू रिहा भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए।

माघ १२ गते केबलकारको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो। झडपमा तीन जना गम्भीर घाइते भएका थिए। प्रहरीले दमन गरेको भन्दै विरोधमा आन्दोलनरत पक्षले अरुण पूर्वका नौ जिल्ला अनिश्चितकालीन बन्द आह्वान गरेका थिए।

गृह मन्त्रालयको टोलीसँग २२ माघमा भएको वार्तामा केबुलकार निर्माण र आन्दोलन स्थगित गर्ने तथा पक्राउ परेकाहरूलाई रिहा गर्ने लगायत ६ बुँदे सहमति भएको थियो । सोही सहमति अनुसार नै पक्राउ परेकाहरूलाई छोडिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्