Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

प्रतिनिधिसभा बैठक जारी

२४ माघ २०८१, बिहीबार ०८:२९

२४ माघ,काठमाडौं। प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

बैठकको आकस्मिक समयमा सांसदले आ–आफ्नो धारणा राखिरहेका छन् । आजको बैठकबाट सरकारले संसदमा प्रस्तुत गरेको अध्यादेशसम्बन्धी कार्यसूची हटाइएको छ ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सत्तारुढ दलहरूको कुरा मिल्न अझै बाँकी रहेकाले अध्यादेश पेस गर्ने कार्यसूचीबाट हटाइएको हो।

आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक २०८१ सभा समक्ष पेश गर्ने कार्यसूची छ। यसैगरी बैठकमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८१ सभा समक्ष पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्