Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

प्रतिनिधिसभा बैठक जारी

२४ माघ २०८१, बिहीबार ०८:२९

२४ माघ,काठमाडौं। प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

बैठकको आकस्मिक समयमा सांसदले आ–आफ्नो धारणा राखिरहेका छन् । आजको बैठकबाट सरकारले संसदमा प्रस्तुत गरेको अध्यादेशसम्बन्धी कार्यसूची हटाइएको छ ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सत्तारुढ दलहरूको कुरा मिल्न अझै बाँकी रहेकाले अध्यादेश पेस गर्ने कार्यसूचीबाट हटाइएको हो।

आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक २०८१ सभा समक्ष पेश गर्ने कार्यसूची छ। यसैगरी बैठकमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८१ सभा समक्ष पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्