Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

यस वर्षभित्र ‘आइटिपार्क’ बनाउछौँ : सञ्चारमन्त्री गुरुङ

२४ माघ २०८१, बिहीबार ११:१९

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यो वर्षभित्र आइटि पार्क स्थापना गर्ने बताए ।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले सरकारले डिजीटल नेपाल फेर्म वर्क बनाउने लक्ष्य साकार पार्न सूचनाप्रविधिका पुर्वाधार निर्माण गर्न आवश्यक रहेको बताउदैँ काठमाडौमा यो वर्ष भित्रै आइटि पार्क निर्माण गर्ने प्रतिबद्धता व्यक्ति गरेका छन् ।

कम्प्युटर एसोसिएसन महासंघ नेपाल (क्यान महासंघ) ले आजदेखि काठमाडाैंमा आयोजना गरेको ३० औँ क्यान इन्फोटेक–२०२५ को उद्घाटन गर्दै मन्त्री गुरुङले डिजीटल फेमवर्क बनाउन प्रशस्त सूचनाप्रविधिका पुर्वाधारहरु तयार पार्नु पर्ने बताए।

सूचना प्रविधिको युगमा आइपुग्दा समेत नेपालमा एउटा पनि आइटि पार्क नहुँनु भनेको प्राविधिक हिसाबले पछि पर्नु रहेको बताउँदै उनले आफु मन्त्रालयको तर्फबाट इन्फास्टकचर, आइटि नीति, एआइ नीति लगायतका भौतिक र कानुनी प्रावधान ल्याउन सक्रिय रहेको जानकारी दिए ।

“डिजीटल फ्रेमवर्कको उदेश्य पुरा गर्न सूचनाप्रविधिका पुर्वाधारहरु सिर्जना गर्नुपर्छ”, मन्त्री गुरुङले भन्नुभयो,“यो वर्ष जसरी पनि काठमाडौँमा एउटा आइटि पार्क बनाउछौँ ।” त्यस्तै, मन्त्री गुरुङले एआइ नीति ल्याउने विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल गरिरहेको बताए ।

साथै यसै वर्ष भित्र ७ सय ५३ पालिकामा फोर जी सबैका घर घर पुर्याउने र फाइभ जि काठमाडौँबाट सुरुमा मन्त्रालय सक्रिय रहेको जानकारी दिनुभयो । साउथ एसियामै एआइको नीति बनाउने विषयमा नेपाल पछि परेको अवस्था दर्शाउदै मन्त्री गुङले भने ,“सूचना प्रविधिको भरपुर प्रयोग नगरे अबको समय हामी निकै पछि परिन्छ ।”

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो मार्फत शुभकामना सन्देश समेत प्रस्तुत गरिएको थियो । जसमा प्रधानमन्त्री ओलीले सरकारले अध्ययादेश मार्फत कानुन ल्याएर विदेशमा समेत लगानी गरि उद्योग सञ्चालन गर्न सकिने वातावरण सिर्जना गरेको बताए ।

यसले युवा रोजगारमा उत्साह थपेको विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले क्यान जस्ता नीजि क्षेत्रको सहकार्यबाट सरकारको डिजीटल फेमवर्क नेपाल बनाउने उदेश्य सार्थक हुन सक्ने धारणा राखेका छन्। क्यानका अध्यक्ष सिनैना घिमिरे पाण्डलेका अनुसार सरकारले अध्यया देशमार्फत ल्याएको कानुनले युवामा उद्यमी बन्न प्रोत्साहन गरेको बताए ।

सञ्चार मन्त्रालयले तयार पारेको एआई नीतिमाथि क्यानले सुझाव दिएर अझै जनमुखी बनाउने समेत अध्यक्ष पाण्डेले बताए।

प्रतिक्रिया दिनुहोस्