Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

होटलमा बेहाेस अवस्थामा भेटिएकी युवककाे मृत्यु

२५ माघ २०८१, शुक्रबार ०४:२३

काठमाडौं। झापामा महिला साथीसँग होटलमा बसेका एक युवकको मध्यराति आकस्मिक रुपमा मृत्यु भएको छ।

झापाको बिर्तामोड नगरपालिका–४ स्थित एभरेस्ट होटल एन्ड लजमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–१ का ३० वर्षीय सागर बेस्रा रहेको प्रहरीले जनाएको छ ।

राति करिब साढे १ बजेको समयमा उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले होटल सञ्चालक र बेस्रासँग होटलमा गएकी युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्