Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

नेपालले आज थाइल्याण्डसँग खेल्दै

२५ माघ २०८१, शुक्रबार ०४:२४

२५ माघ, काठमाडौँ। त्रिकोणात्मक महिला टी२० क्रिकेट सिरिजमा आज नेपाल र थाइल्यान्ड भिडदैछन्।

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे सुरु हुनेछ। जारी सिरिजमा लगातार ५ खेलमा पराजित भएको घरेलु टोली नेपाल सान्त्वना जितको खोजीमा मैदान उत्रिँदैछ। नेपालविरुद्धका अघिल्ला दुवै खेल जितेको थाइल्याण्ड आज पनि जित निकाल्ने लक्ष्यमा हुनेछ।

तर, पाँचमध्ये चार खेल जितेको थाइल्यान्ड भने आजको खेलमा पहिलाको दुई खेलमा झैँ पराजित गर्ने सुरमा देखिन्छ। जारी सिरिजमा पाँच खेल खेलेको थाइल्यान्ड आठ अंकसहित शीर्ष स्थानमा रहँदा छ खेलमा समान अंक रहेको नेदरल्यान्ड्स रनरेटका आधारमा दोस्रो स्थानमा छ।

एक खेलमा पनि जित निकाल्न नसकेको नेपाल अंकविहीन हुँदै तालिकाको पुच्छारमा छ। अंकतालिकाको शीर्ष स्थानमा रहेको टोलीले उपाधि उचाल्नेछ।

प्रतिक्रिया दिनुहोस्