Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
खेलकुद

काराबाओ कप : लिभरपुल फाइनलमा प्रवेश

२५ माघ २०८१, शुक्रबार ०४:२६

काठमाडौँ। इंग्लिस क्लब लिभरपुल काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति सम्पन्न सेमिफाइनल खेलमा टोटनहमविरुद्ध समग्रमा ४–१ को जित निकाल्दै लिभरपुल फाइनलमा प्रवेश गरेको हो । ३४औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५१औं मिनेटमा सालाहले पेनाल्टीमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।७५औं मिनेटमा सोबोस्लाइले गोल गरेपछि लिभरपुल ३-० ले अगाडि बढ्यो । ८०औं मिनेटमा भान डाइकले गोल गर्दै लिभरपुलको ४-० को जित पक्का गरे ।

लिभरपुलको जितमा कोडि गक्पो, महोमद सलाह, डोमिन र भान डिजिकले समान एक-एक गोल गर्दै टिमलाई फाइनल यात्रा तय गराए ।लिभरपुलले मार्चमा हुने फाइनलमा न्युक्यास्टल युनाईटेडको सामना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्