Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

काराबाओ कप : लिभरपुल फाइनलमा प्रवेश

२५ माघ २०८१, शुक्रबार ०४:२६

काठमाडौँ। इंग्लिस क्लब लिभरपुल काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति सम्पन्न सेमिफाइनल खेलमा टोटनहमविरुद्ध समग्रमा ४–१ को जित निकाल्दै लिभरपुल फाइनलमा प्रवेश गरेको हो । ३४औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५१औं मिनेटमा सालाहले पेनाल्टीमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।७५औं मिनेटमा सोबोस्लाइले गोल गरेपछि लिभरपुल ३-० ले अगाडि बढ्यो । ८०औं मिनेटमा भान डाइकले गोल गर्दै लिभरपुलको ४-० को जित पक्का गरे ।

लिभरपुलको जितमा कोडि गक्पो, महोमद सलाह, डोमिन र भान डिजिकले समान एक-एक गोल गर्दै टिमलाई फाइनल यात्रा तय गराए ।लिभरपुलले मार्चमा हुने फाइनलमा न्युक्यास्टल युनाईटेडको सामना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्