Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

सच्याइएकाे : सिद्धार्थ राजमार्गको स्तर उन्नतिको लागि सर्वेक्षण सुरु : उपसभापति गुरुङ

२५ माघ २०८१, शुक्रबार ०८:२७

२५ माघ, काठमाडौं । पर्यटनको राजधानी पोखरा र व्यापारिक केन्द्र बुटवललाई जोड्ने सिद्धार्थ राजमार्गको स्तर उन्नतिको अनुसन्धान सुरु भएको छ ।

शुक्रबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रिय उपसभापति पुर्व कानुन मन्त्री सांसद धनराज गुरुङले सिद्धार्थ राजमार्गको स्तर उन्नतिको लागी अध्ययन अनुसन्धान थालेकोमा सरकारलाई धन्यवाद दिनुभएको थियो । प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले भन्नुभयो, “सिद्धार्थ राजमार्गलाई डिलिकेटेड डबल लाइन बनाउन सरकारले थालेको अध्ययन अनुसन्धानलाई धन्यवाद दिन चाहन्छु ।”

स्याङ्जाको लाइफ लाइनको रुपमा रहेको राजमार्ग गुरुङको निर्वाचनको मुख्य एजेन्डाको रूपमा समेत रहेको थियो । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद गुरुङले आफ्नो कार्यकालमा सिद्धार्थ राजमार्गको स्तरउन्नति गर्ने प्रतिबद्धता समेत गर्दै आउनु भएको छ ।

पहाड र तराईलाई जोड्ने राजमार्गको रूपमा चिनिने सिद्धार्थ राजमार्ग भारतीय पर्यटक पोखरा आवातजावतको लागि समेतले अत्यधिक प्रयोग गर्ने गरेको पाइन्छ ।

साथै उहाँले स्याङ्जाको गल्याङ नगरपालिका ३ को तल्लो गल्याङमा बाध बस्ने गरि तयारी थालिएको आधिखोला हाइ ड्यामको योजना छिटो सुचारु गर्न आग्रह समेत गर्नुभएको छ । उहाँले भन्नुभयो ” स्याङ्जाको समग्र पर्यटन विकाससंग सिधा साइनो रहेको र देशको आर्थिक वृद्धिमा समेत ठुलो टेवा पुर्याउने उक्त योजना छिटोभन्दा छिटो सुचारु गर्न आग्रह गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्