Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

सच्याइएकाे : सिद्धार्थ राजमार्गको स्तर उन्नतिको लागि सर्वेक्षण सुरु : उपसभापति गुरुङ

२५ माघ २०८१, शुक्रबार ०८:२७

२५ माघ, काठमाडौं । पर्यटनको राजधानी पोखरा र व्यापारिक केन्द्र बुटवललाई जोड्ने सिद्धार्थ राजमार्गको स्तर उन्नतिको अनुसन्धान सुरु भएको छ ।

शुक्रबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रिय उपसभापति पुर्व कानुन मन्त्री सांसद धनराज गुरुङले सिद्धार्थ राजमार्गको स्तर उन्नतिको लागी अध्ययन अनुसन्धान थालेकोमा सरकारलाई धन्यवाद दिनुभएको थियो । प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले भन्नुभयो, “सिद्धार्थ राजमार्गलाई डिलिकेटेड डबल लाइन बनाउन सरकारले थालेको अध्ययन अनुसन्धानलाई धन्यवाद दिन चाहन्छु ।”

स्याङ्जाको लाइफ लाइनको रुपमा रहेको राजमार्ग गुरुङको निर्वाचनको मुख्य एजेन्डाको रूपमा समेत रहेको थियो । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद गुरुङले आफ्नो कार्यकालमा सिद्धार्थ राजमार्गको स्तरउन्नति गर्ने प्रतिबद्धता समेत गर्दै आउनु भएको छ ।

पहाड र तराईलाई जोड्ने राजमार्गको रूपमा चिनिने सिद्धार्थ राजमार्ग भारतीय पर्यटक पोखरा आवातजावतको लागि समेतले अत्यधिक प्रयोग गर्ने गरेको पाइन्छ ।

साथै उहाँले स्याङ्जाको गल्याङ नगरपालिका ३ को तल्लो गल्याङमा बाध बस्ने गरि तयारी थालिएको आधिखोला हाइ ड्यामको योजना छिटो सुचारु गर्न आग्रह समेत गर्नुभएको छ । उहाँले भन्नुभयो ” स्याङ्जाको समग्र पर्यटन विकाससंग सिधा साइनो रहेको र देशको आर्थिक वृद्धिमा समेत ठुलो टेवा पुर्याउने उक्त योजना छिटोभन्दा छिटो सुचारु गर्न आग्रह गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्