Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
समाचार

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

२५ माघ २०८१, शुक्रबार ०९:४७

२५ माघ, काठमाडौँ। सामाजिक सञ्जाल मार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा दाङ लमही नगरपालिका-५ घर भएका २१ वर्षीय रवि सिंह रसैलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पीडितसँग सम्बन्धमा रहँदा सहमति बिना खिची राखेको अश्लील भिडियो तथा तस्विरहरू पीडितको आफन्तहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा उक्त कार्यमा संलग्न रविलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले वडा प्रहरी कार्यालय लमही दाङको समन्वयमा पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्