Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग

२५ माघ २०८१, शुक्रबार १०:४२

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले डिजिटल भुक्तानीमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गरेकी छन्।

शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै डाँगीले सरकारले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने भने पनि एक सय रुपैयाँको कारोबारमा १११ रुपैयाँ लिने गरेको बताइन् ।

‘सरकारले पटकपटक विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने भन्दै आएको छ । तर १०० रुपैयाँको कारोबारमा एक सय ११ रुपैयाँ तिनुपर्छ,’ डाँगीले भनिन्, ‘सरकारले नीति परिवर्तन गरेर, कर हटाएर, पेमेन्ट कम्पनीलाई पनि मर्का नपर्ने गरी नि:शुल्क भुक्तानीको व्यवस्था गर्नुपर्छ ।’

सरकारले डिजिटल भुक्तानीमा पनि भ्याट लगाइदिएपछि फोनपे, ईसेवा, खल्ती, कनेक्ट आईपीएस लगायतका डिजिटल भुक्तानी सेवा प्रयोग गरेबापत सेवा शुल्क बढेको छ। नेपाल राष्ट्र बैंकले अन्तरबैंक फण्ड ट्रान्सफरमा प्रतिकारोबार अधिकतम १० रूपैयाँसम्म मात्रै शुल्क लिने पाउने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्