Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग

२५ माघ २०८१, शुक्रबार १०:४२

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले डिजिटल भुक्तानीमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गरेकी छन्।

शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै डाँगीले सरकारले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने भने पनि एक सय रुपैयाँको कारोबारमा १११ रुपैयाँ लिने गरेको बताइन् ।

‘सरकारले पटकपटक विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने भन्दै आएको छ । तर १०० रुपैयाँको कारोबारमा एक सय ११ रुपैयाँ तिनुपर्छ,’ डाँगीले भनिन्, ‘सरकारले नीति परिवर्तन गरेर, कर हटाएर, पेमेन्ट कम्पनीलाई पनि मर्का नपर्ने गरी नि:शुल्क भुक्तानीको व्यवस्था गर्नुपर्छ ।’

सरकारले डिजिटल भुक्तानीमा पनि भ्याट लगाइदिएपछि फोनपे, ईसेवा, खल्ती, कनेक्ट आईपीएस लगायतका डिजिटल भुक्तानी सेवा प्रयोग गरेबापत सेवा शुल्क बढेको छ। नेपाल राष्ट्र बैंकले अन्तरबैंक फण्ड ट्रान्सफरमा प्रतिकारोबार अधिकतम १० रूपैयाँसम्म मात्रै शुल्क लिने पाउने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्