Trending
शीर्ष स्थानको आर्सनल म्यानचेस्टर युनाइटेडसँग पराजित     |     महिला टी-२० विश्वकप छनोट : जित्नैपर्ने दबाबका साथ स्कटल्यान्डको सामना गर्दै नेपाल     |     क्रिस्टल प्यालेसमाथि चेल्सीको शानदार जित     |     रियलको रोमाञ्चक जित     |     किराँत मिथमा आधारित नाटक ‘ए थिबेउ’ शिल्पी थिएटरमा     |     आयोजक फेरिल्यान्डको सफल सुरुआत     |     चेस पजल सोल्भिङ कन्टेस्टमा २१ जनाको प्रतिस्पर्धा     |     शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा     |     रेशम चौधरी चुनाव लड्न नपाउने     |     प्रलोपा नेता सन्तोष परियारले गरे विवाह     |    
समाचार

दिनेश त्रिपाठी कुटपिट : रास्वपाका जिल्ला उपाध्यक्षसहित तीनै जनासँग धरौटी माग

२५ माघ २०८१, शुक्रबार १०:४८

२५ माघ, काठमाडौँ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेहरूलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले शुक्रबार ज्यान मार्ने उद्योगको मुद्दामा पक्राउ परेका तीनै जनालाई एक-एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

हातपातको आरोपमा पक्राउ परेका दोलखाको तामाकोसी गाउँपालिका-१ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-५, टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी, हुम्लाको अदानचुली गाउँपालिका-४ घर भई हाल काठमाडौँको टोखा बस्ने ३२ वर्षका महानन्द जैसी र झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई शान्तिनगर बस्ने ५५ वर्षकी शीतल राई भन्ने सीतादेवी राईविरुद्ध मुद्दा दर्ता भएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता तथा रवि लामिछानेका समर्थकले माघ २ गते जिल्ला अदालतको गेट बाहिर त्रिपाठीमाथि हातपात गरेका थिए। उनीहरुविरुद्ध १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको माग गरिएको छ। यस्तै पीडितलाई उचित क्षतिपूर्ति भराइदिनुपर्ने पनि अभियोग पत्रमा माग गरिएको छ।

स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा रवि अदालतमा थुनछेकका लागि हाजिर भएपछि त्रिपाठीले सहकारी पीडितको तर्फबाट बहस गरेका थिए। बहस सकेर निस्कने क्रममा उनीमाथि हातपात भएको थियो।

प्रतिक्रिया दिनुहोस्