Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

भरुवा बन्दुकको गोली लागेर बालकको मृत्यु

२६ माघ २०८१, शनिबार ०९:२५

२६ माघ, दाङ। दाङमा भरुवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका–३ ठूलासम्बा निवासी पुष्कर खत्रीको १० वर्षीय छोरा शिशिर केसीले घर नजिकै खेल्ने क्रममा बन्दुक चलाउँदा पड्केर आफ्नै ९ वर्षीय भाइ भुवन केसीको मृत्यु भएको हो ।

प्रहरीले भरुवा बन्दुक चलाएर भाइको हत्या गरेको आरोपमा मृतकका १० वर्षीय दाइ र बन्दुक लोड गरी राख्ने ६२ वर्षीय हजुरबुवा भुपेन्द्र खत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायले जानकारी दिए।

प्रहरीले घट्नास्थलबाट एक थान भरुवा बन्दुक, ४ वटा गोली, ३२८ थान छर्रासमेत बरामद गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए।

प्रतिक्रिया दिनुहोस्