Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

भरुवा बन्दुकको गोली लागेर बालकको मृत्यु

२६ माघ २०८१, शनिबार ०९:२५

२६ माघ, दाङ। दाङमा भरुवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका–३ ठूलासम्बा निवासी पुष्कर खत्रीको १० वर्षीय छोरा शिशिर केसीले घर नजिकै खेल्ने क्रममा बन्दुक चलाउँदा पड्केर आफ्नै ९ वर्षीय भाइ भुवन केसीको मृत्यु भएको हो ।

प्रहरीले भरुवा बन्दुक चलाएर भाइको हत्या गरेको आरोपमा मृतकका १० वर्षीय दाइ र बन्दुक लोड गरी राख्ने ६२ वर्षीय हजुरबुवा भुपेन्द्र खत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायले जानकारी दिए।

प्रहरीले घट्नास्थलबाट एक थान भरुवा बन्दुक, ४ वटा गोली, ३२८ थान छर्रासमेत बरामद गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए।

प्रतिक्रिया दिनुहोस्