Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

अमेरिकामा विमान दुर्घटना, १० जनाको मृत्यु

२६ माघ २०८१, शनिबार ०९:५०

२६ माघ,वासिङटन डिसी। अमेरिकाको अलास्कामा बिहीबार १० जना सवार चार्टर्ड विमान बेपत्ता भएको थियो । समाचार एजेन्सी एएनआईका अनुसार विमानमा सवार सबै १० जनाको मृत्यु भएको छ ।

बेरिङ एयरको विमान अलास्काको उनालाक्लीट शहरबाट नोम शहरका लागि उडेको थियो । विमानको भग्नावशेष शुक्रबार नोम विमानस्थलबाट करिब ५४ किलोमिटर दक्षिणपूर्वमा फेला परेको थियो ।

खराब मौसम र कम भिजिबिलिटीका बीच एक घण्टा लामो खोज अभियान पछि भग्नावशेष फेला परेको थियो । बेरिङ एयरद्वारा सञ्चालित टर्बोप्रप सेस्ना कारभान बिहीबार दिउँसो बेपत्ता भएको अलास्काको सार्वजनिक सुरक्षा विभागले जनाएको छ ।

शुक्रबार स्थानीय समय अनुसार बिहान ९ बजे नोम स्वयंसेवी फायर डिपार्टमेन्टले जहाजमा रहेका सबैका परिवारलाई सूचित गरिएको बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्