Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

खानेपानी मन्त्रालयमा आगलागी : ५० लाख बराबरको क्षति

२६ माघ २०८१, शनिबार ०९:५६

२६ माघ, काठमाडौं। आगलागी भएको खानेपानी मन्त्रालयको मर्मत सम्भार कार्य सुरु गरिएको छ ।

खानेपानी मन्त्री प्रदीप यादवले सिहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगलागीबारे अनुसन्धान भइरहेको बताएका छन्।  उनले आगलागीमा कुनै पनि आवश्यक कागजपत्रहरू नजलेको बताए। डकुमेन्ट हस्ताक्षर गरेर मन्त्रालयका सचिवलाई पठाउने गरेकाले महत्वपूर्ण कागजपत्रहरू जोगिएको उनको भनाई छ।

आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ। खानेपानी मन्त्रालयको भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि छ।

आज बिहान करिब पौने ८ बजे खानेपानी मन्त्रालयमा आगलागी भएको थियो। आजै उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अवलोकन गरेलगत्तै मन्त्रालयले मर्मतसम्भारको काम थालिएको छ।

उक्त मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुई वटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् ।

प्रतिक्रिया दिनुहोस्