Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

मणिपुरमा म्यानमाबाट सन्दिग्ध आतंकवादी भित्रिएको सूचना, सीमाक्षेत्रमा उच्च सतर्कता

५ आश्विन २०८१, शनिबार ०८:३५

५ असोज,एजेन्सी। युद्धग्रस्त म्यानमारबाट ९०० सन्दिग्ध आतङ्कवादी भारतको मणिपुर राज्यमा प्रवेश गरेको सूचना आएको बाहिरिएको छ ।

यससँगै भारतको उत्तरपूर्वी सीमामा सुरक्षा बललाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको एक सुरक्षा अधिकारीले बताएका छन् ।मणिपुरलाई जातीय परिक्षेत्रमा विभाजन गर्दै मुख्यतया हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबीच एक वर्षभन्दा बढी समयदेखि आवधिक झडपले अशान्त बनाएको छ ।

पहाडमा बसोबास गर्ने कुकीहरूको म्यानमाका आदिवासी जनसङ्ख्यासँग सांस्कृतिक, पारिवारिक र धार्मिक सम्बन्ध रहेको छ । जहाँ सन् २०२१ मा सत्ता कब्जा गरेदेखि दर्जनौँ सशस्त्र समूहहरूले सेनासँग लडिरहेका छन् ।

मणिपुर सरकारका सुरक्षा सल्लाहकार कुलदिप सिंहले शुक्रबार स्थानीय गुप्तचर निकायबाट सन्दिग्ध आतङ्कवादीहरूले सम्भावित सीमा पार गरेको सूचना प्राप्त गरेको पुष्टि गरेका छन् ।

सिंहले सीमा चौकीलाई “सतर्क” गरिएको र सुरक्षा बलले दुर्गम क्षेत्रमा “कम्बाइङ अपरेसन” सञ्चालन गर्ने बताए । महिनौँको सापेक्ष शान्तिपछि यस महिना मणिपुरमा विद्रोही समूहबीच रकेट र ड्रोन आक्रमण हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

गत हप्ता मेइतेई प्रदर्शनकारीहरूले कुकी समुदायलाई पछिल्लो आक्रमणको दोषी ठहराउँदै उनीहरूविरुद्ध कारबाहीको माग गर्दै राज्यको राजधानी इम्फाल हुँदै विरोध प्रदर्शन गरेका थिए ।

मेइतेई र कुकी समुदायबीच भूमि र सार्वजनिक रोजगारीको विषयमा लामो समयदेखि तनाव चलिरहेको छ । सरकारी तथ्याङ्कअनुसार दुई समुदायबीचको द्वन्द्वका कारण लगभग ६० हजार मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् भने कम्तिमा दुई सय जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्