Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

जसपा संसदीय दलको बैठक बस्दै

२७ माघ २०८१, आईतवार ०४:५८

२७ माघ, काठमाडौं। जनता समाजवादी पार्टी (जसपा), नेपालको संसदीय दलको बैठक आज बस्दैछ । पार्टी संसदीय दलको कार्यालय, सिंहदरबारमा अहिले बिहान ११ बजे बैठक बस्न लागेको हो ।

बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको अध्यादेशबारे छलफल हुने नेताहरूले जनाएका छन् । संवैधानिक व्यवस्थाअनुसार कुनै पनि अध्यादेश दुवै सदनबाट पारित हुनुपर्छ । प्रतिनिधिसभामा सत्तासाझेदार दल कांग्रेस र एमालेको स्पष्ट बहुमत भए पनि ५९ सदस्यीय राष्ट्रियसभामा २८ सिट मात्रै छ । त्यसैले सरकारले अध्यादेशमा जसपाको साथ खोजेको छ ।

जसपाले अध्यादेशबारे विषयविज्ञसँग परामर्श गरेर निर्णय लिन राजकिशोर यादवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले बिहीबार नै सुझाव दिइसकेको भए पनि संसदीय दलले यसबारे निर्णय गरेको छैन । त्यसैले जसपाको निर्णयलाई बहुप्रतीक्षाका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्