Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

जसपा संसदीय दलको बैठक बस्दै

२७ माघ २०८१, आईतवार ०४:५८

२७ माघ, काठमाडौं। जनता समाजवादी पार्टी (जसपा), नेपालको संसदीय दलको बैठक आज बस्दैछ । पार्टी संसदीय दलको कार्यालय, सिंहदरबारमा अहिले बिहान ११ बजे बैठक बस्न लागेको हो ।

बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको अध्यादेशबारे छलफल हुने नेताहरूले जनाएका छन् । संवैधानिक व्यवस्थाअनुसार कुनै पनि अध्यादेश दुवै सदनबाट पारित हुनुपर्छ । प्रतिनिधिसभामा सत्तासाझेदार दल कांग्रेस र एमालेको स्पष्ट बहुमत भए पनि ५९ सदस्यीय राष्ट्रियसभामा २८ सिट मात्रै छ । त्यसैले सरकारले अध्यादेशमा जसपाको साथ खोजेको छ ।

जसपाले अध्यादेशबारे विषयविज्ञसँग परामर्श गरेर निर्णय लिन राजकिशोर यादवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले बिहीबार नै सुझाव दिइसकेको भए पनि संसदीय दलले यसबारे निर्णय गरेको छैन । त्यसैले जसपाको निर्णयलाई बहुप्रतीक्षाका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्