Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

बस दुर्घटनामा ४१ जनाको मृत्यु

२७ माघ २०८१, आईतवार ०५:०३

२७ माघ, काठमाडौं। दक्षिण मेक्सिकोमा भएको बस दुर्घटनामा ४१ जनाको मृत्यु भएको छ ।

टाबास्को राज्यको सरकारले दिएको जानकारी अनुसार यो दुर्घटना शनिबार बिहान भएको हो । ४८ जना सवार बस एक ट्रेलर ट्रकसँग ठोक्किएको थियो । दुर्घटनामा बसमा सवार ३८ जना यात्रुका साथै बसका दुई चालकको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । ट्रक चालकको दुर्घटनामा निधन भएको छ ।

रोयटर्सको तस्बिरमा दुर्घटनापछि बस पूर्णरुपमा जलेको देखिएको छ । ठक्करपछि बसमा आगलागी भएको थियो । मृत्यु भएकाहरूको सनाखतको प्रयास भइरहेको स्थानीय अधिकारीहरूको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्