Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

नेपाल समाजवादी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि सुरु

२७ माघ २०८१, आईतवार ०५:०८

२७ माघ, काठमाडौं। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित महाधिवेशन यही माघ २९ गतेसम्म चारी रहनेछ । महाधिवेशनमा एक हजार ५०० प्रतिनिधिले भाग लिने बताइएको छ । महाधिवेशनमार्फत ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिनेछ ।

महाधिवेशनमा प्रवास सदस्यका निम्ति अनलाइन मतदानको व्यवस्था गरिनेछ । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीकी नेत्री हिसिला यमीले यस्तो जानकारी दिएकी हुन् ।

अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिस्पर्धाका आधारमा छनोट गरिनेछ । उपाध्यक्ष समूहगत प्रतिस्पर्धाका आधारमा चयन गरिने उनले स्पष्ट पारिन् ।

प्रतिक्रिया दिनुहोस्