Trending
किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम     |     देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |    
समाचार

श्रेणीविहीन कर्मचारीहरुको जागिरको सुनिश्चित्ताको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको सरकारसंग माग

२७ माघ २०८१, आईतवार ११:२०

२७ माघ, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कार्यालय सहयोगी, ड्राइभर, स्विपर, माली लगायत श्रेणीविहीन कर्मचारीहरुको जागिरको सुनिश्चित्ताको ग्यारेन्टी गर्नुपर्ने माग सरकारसंग गरेका छन् । लोक सेवा आयोगले उनीहरुलाई भर्ना गरेर रोजगारीको सुनिश्चितता गर्नुपर्ने माग उनले गरेका छन् ।

आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै साहले नेता र हाकिम कर्मचारीको चाकडी गरेर श्रेणीविहीन कर्मचारीले काम गरेर कहिलेसम्म बाच्न पर्ने भन्दै स्थायी गरेरै उनीहरुको रोजगारीको सुनिश्चितता गर्नुपर्ने सुझाव दिए ।

‘सरकारी निकायमा तल्लोस्तरमा काम गर्ने कार्यालय सहयोगी, ड्राइभर, सुरक्षागार्ड, माली र स्विपरलगायतका तल्लो तह र श्रेणीविहीनहरुको जीवन एकदमै कष्टकर भैरहेको छ । जागिर नै पूरै असुरक्षित छ, जागिर कन्टिन्यूको लागि शासक र नेताहरुलाई गुहारिरहनुपर्ने, चाकडी गर्नुपर्ने बाध्यता छ,’ साहले भने, ‘म यो सरकारलाई सोध्न चाहन्छु कि ती पोष्टहरुमा स्थायी भ्याकेन्सी गरेर पदपुर्तिको काम के ले रोक्यो ? आजभोलि लोकसेवा आयोगले जतिपनि विज्ञापन गरिरहेको छ, कक्षा १२ भन्दा माथिको मात्रै भैरहेको छ, के ती श्रेणीविहीन पोष्टहरु सरकारी निकायबाट हटाईएको हो ? ती पोष्टहरुको जरुरी छैन् ? सरकारी निकायमा गाडीको जरुरी छ भने ड्राइभरको किन विज्ञापन हुँदैन ? के चालकहरु नेपाली नागरिक होईनन ? के गरिवहरु नेपाली नागरिक होईनन ?’

तल्लो तहमा काम गर्ने कर्मचारीहरुले राज्यमा कुनै एप्रोच नपाउने र जहिल्यैपनि उनीहरुले चाकडीमात्रै गर्नुपर्ने हो र ? भन्दै साहले प्रश्न उठाए । तल्लो तहका मान्छेले जहिल्यैपनि अरुकै निगाहमा जीवन बाँच्नुपर्ने हो ? र यस्तै अवस्थाको लागि नेपाली नागरिकले लडेर गणतन्त्र ल्याएको हो ? भन्दै साहले प्रश्न गरे ।

‘हिजो राजतन्त्रमा त यी पोष्टमा स्थायी भ्याकेन्सी हुन्थे । उनीहरुले पनि पेन्सन पाउँथे । उनीहरुपनि सम्मानित भएर मानव जीवन बाँच्थे, तर आज जसरी नारकीय र दासताको जीवन बाँच्नुपर्ने स्थिति छ, यसको अन्त्य होस भन्न चाहन्छु,’ साहले भने ।

उनले निजामती ऐनमार्फत अहिले नारकीय जीवनयापन गर्न बाध्य भएका तल्लो तह र श्रेणीविहीन कर्मचारीको भावना र माग सम्बोधन होस भन्ने माग गरे । कतिपय शासकहरुले तल्लो तहका कर्मचारीलाई स्थायी गरियो भने आफ्नो टाउकोमा नै टेक्छन् भन्नेगरि बहस गरेको पनि साहको आरोप छ ।

आजपा अध्यक्ष साहले गरिबमारा कानून आफूहरुलाई नचाहिएको चेतावनी दिदै भने, ‘हिजो पञ्चायतकालमा न्याय पाउने तर आज गणतन्त्रमा कम्युनिष्टहरुको सरकार हुँदापनि यसरी अन्याय भैराख्दा आम मान्छेले स्वभाविक मानेको छैन् । यतातिर म सरकारको ध्यानाकार्षण गराउन चाहन्छु ।’

साहले आज विहान ११ बजे टेकुको एक कवाड सेन्टरमा काम गर्ने मजदुहरुमाथि भएको सांघातिक हमलाको विरोध गरे । उनले भने, ‘कथित महानगरका प्रहरी भन्नेहरुबाट मजदुरमाथि हमला भएको छ । महानगरका ती कथित प्रहरी जथ्थाबाट हमला भएको छ । मजदुरलाई घाईते बनाएका छन् । अदालतको आदेशविपरित काठमाडौ महानगरपालिकाले अहिले गुण्डागर्दी प्रस्तुत गरिरहेको छ । के अहिलेको सरकार कानून वहालीको लागि सक्षम छैन ? यदि सक्षम छ भने सबैको जिउधनको सुरक्षा गर्न सक्रियता देखायोस भन्ने आग्रह गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्