Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

२८ माघ २०८१, सोमबार १०:००

२८ माघ, काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अर्घखाँची सन्धिखर्क नगरपालिका-८ घर भई ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने ३५ वर्षीया प्रभा श्रेष्ठ रायमाझी, बर्दिया राजापुर नगरपालिका-७ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ३४ वर्षीया सिर्जना पौडेल र खोटाङ हलेसी तुवाचुङ नगरपालिका-५ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका-४ बस्ने ३८ वर्षीय राकेशन राई रहेका छन् ।

पक्राउ मध्ये प्रभाले सिंगापुर पठाइदिछु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपैयाँ, सिर्जनाले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र राकेशनले युके पठाइदिन्छु ‍भन्दै ५ जना पीडितहरूबाट १९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रभालाई ललितपुर महानगरपालिका-१ बाट र सिर्जनालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बाट आइतबार तथा राकेशनलाई भक्तपुर सूर्यविनायक नगरपालिका-४ बाट शुक्रबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्