Trending
दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |    
समाचार

सेयर बजारमा दोहोरो अंकको गिरावट

२८ माघ २०८१, सोमबार १०:०८

२८ माघ, काठमाडौं। शेयरबजारमा सोमबार पनि गिरावट आएको छ । सोमबार शेयरबजार मापक परिसूचक नेप्से १०.९८ अंकले घटेर २६७७ अंकमा पुगेको छ । अघिल्लो सातादेखि घटिरहेको बजार पाँचौ दिन पनि घट्यो ।

अघिल्लो दिन आइतबार पनि नेप्से दोहोरो अंकले घटेको थियो। सो दिन ८ अर्ब बराबरको सेयर कारोबार भएको थियो। नेप्से परिसूचक घटेसँगै कारोबार कम पनि ओरालो लागेको छ।

आज ३२२ स्क्रिप्सको १ करोड ४४ लाख ४३ हजार ७६५ कित्ता सेयर ६ अर्ब ९६ करोड २ लाख ९२ हजार २३५ रुपैयाँमा खरिदबिक्री भए। दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। न्यादी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको हो।

दुई कम्पनीको सेयर १० प्रतिशतले बढ्दा दुई कम्पनीको सेयर १० प्रतिशतले ओरालो लाग्यो। बोटलर्स नेपाल र अपकार लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले घटयो।

कारोबार रकमका आधारमा नेपाल रिपब्लिक मिडिया शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २४ करोड ४४ लाख मूल्य बराबरको सेयर कारोबार भयो। सीईडीबी होल्डिङ्सको १५ करोडको सेयर कारोबार हुँदा सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड र नेपाल रिइन्स्योरेन्स कम्पनीको १३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्