Trending
इरान र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा टुंगियो     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     साउदी अरेबियामाथि स्पेनको फराकिलो जित     |     सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री     |     दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा     |     प्रधानमन्त्री बालेनले संसद‍्‍मा उठेका प्रश्नको जवाफ रास्वपा महाधिवेशनबाट दिए     |     प्रधानमन्त्रीले भने- आवश्यक परे अख्तियारलाई ५ घण्टा होइन ५ वर्ष राखेर सल्लाह गरिन्छ     |     बालेनजीको खुट्टामा बल छ, फटाफट गोल हान्ने जिम्मा उहाँकै हो : रवि लामिछाने     |     बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द     |     बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते     |    
समाचार

ट्रान्सपोर्टमा छापा हानेर २७ बोरा कपडा बरामद

५ आश्विन २०८१, शनिबार १३:२९

५ असोज,विराटनगर।  राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले विराटनगर महानगरपालिका-८ मा रहेको जेबी ट्रान्सपोर्टमा छापा हानेर २७ बोरा कपडा बरामद गरेको छ।

महानगरपालिका ७ स्थित ट्रान्सपोर्टमा अवैध रुपमा तस्करी गरिएको कपडा काठमाडौं पठाउन लागेको अवस्थामा शुक्रबार कार्यालयका अधिकृत सरोज कोइरालाको नेतृत्वको टोलीले छापा मारेको हो।

सो क्रममा काठमाडौ पठाउन ट्रान्सपोर्टमा तयारी अवस्थामा राखिएको २७ बोरा कपडा बरामद भएको राजश्व कार्यालयका अधिकृत रामप्रसाद लुइटेलले जानकारी दिए। तस्करी गरि काठमाडौैं पठाउन लागिएको करिब ६ करोड रुपैया बराबरको कुर्ता सुरुवाल लगायतका कपडामध्ये २३ बोरा कृष्ण ट्रेडस र ४ बोरा ग्लोबल ट्रेडसले भ्याट बिल काटेको उनले जानकारी दिए।

तस्करीको कपडा रहेको सूचनाका आधारमा राजस्वका अधिकृत सरोज कोइराला नेतृत्वको टोलीले शुक्रबार दिउँसो १ बजेतिर छापा हानेको हो। छापा हानेर २७ बोरा कपडा बरामद गरिएको राजस्व अनुसन्धान कार्यालय इटहरीका अधिकृत रामप्रसाद लुइँटेलले जानकारी दिए। कपडा करिब ६ करोड बराबरको रहेको अनुमान छ।

लुइँटेलले काठमाडौं पठाउन ठिक्क पारिएको कुर्त सलवारलगायतका कपडा बरामद गरिएको बताए। बरामद गरिएका कपडा भारतबाट भन्सार छली गरी तस्करी गरेर विराटनगर ल्याइएको राजस्वको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

त्यसैगरी, केही समयअघि विराटनगर भन्सार कार्यालयका एजेन्ट राजकुमार रौनियारको गोदाममा पनि राजश्व कार्यालयले छापा मारेको थियो। कार्यालयका अनुसार तस्करीको कपडासहित ट्रयाक्टर नियन्त्रणमा लिएपछि रौनियारले राजश्वलाई धरौटी वापतको १५ लाख रुपैयाको बैंक ग्यारेन्टी बुझाएका थिए।

प्रतिक्रिया दिनुहोस्