Trending
कर्णाली प्रदेशको ३३ अर्बको बजेट बहुमतले पारित     |     भेरीगंगामा चट्याङ लागेर एकको मृत्यु     |     असार ५ देखि बेपत्ता सवारी चालकको शव भेरी नदी किनारमा फेला     |     ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशनमा , सस्तो, सुरक्षित…     |     बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह     |     सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्म फेस्टिभलकालागि एसियाली आवेदन खुल्ला     |     हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध     |     पृथ्वी नजिक सर्ने प्रमुख क्षुद्रग्रहहरू: जोखिम, अनुसन्धान र अन्तरिक्ष मिशनको प्रगति     |     अतिरिक्त विशिष्ट श्रेणीको पद निजामती विधेयकबाट हटाउन आजपाको माग     |     “१००० EV स्कुटरसहित ऐतिहासिक स्वरोजगार योजना : नेपाली युवालाई रोजगारी र आम्दानीको अवसर”     |    
समाचार

ट्रान्सपोर्टमा छापा हानेर २७ बोरा कपडा बरामद

५ आश्विन २०८१, शनिबार १३:२९

५ असोज,विराटनगर।  राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले विराटनगर महानगरपालिका-८ मा रहेको जेबी ट्रान्सपोर्टमा छापा हानेर २७ बोरा कपडा बरामद गरेको छ।

महानगरपालिका ७ स्थित ट्रान्सपोर्टमा अवैध रुपमा तस्करी गरिएको कपडा काठमाडौं पठाउन लागेको अवस्थामा शुक्रबार कार्यालयका अधिकृत सरोज कोइरालाको नेतृत्वको टोलीले छापा मारेको हो।

सो क्रममा काठमाडौ पठाउन ट्रान्सपोर्टमा तयारी अवस्थामा राखिएको २७ बोरा कपडा बरामद भएको राजश्व कार्यालयका अधिकृत रामप्रसाद लुइटेलले जानकारी दिए। तस्करी गरि काठमाडौैं पठाउन लागिएको करिब ६ करोड रुपैया बराबरको कुर्ता सुरुवाल लगायतका कपडामध्ये २३ बोरा कृष्ण ट्रेडस र ४ बोरा ग्लोबल ट्रेडसले भ्याट बिल काटेको उनले जानकारी दिए।

तस्करीको कपडा रहेको सूचनाका आधारमा राजस्वका अधिकृत सरोज कोइराला नेतृत्वको टोलीले शुक्रबार दिउँसो १ बजेतिर छापा हानेको हो। छापा हानेर २७ बोरा कपडा बरामद गरिएको राजस्व अनुसन्धान कार्यालय इटहरीका अधिकृत रामप्रसाद लुइँटेलले जानकारी दिए। कपडा करिब ६ करोड बराबरको रहेको अनुमान छ।

लुइँटेलले काठमाडौं पठाउन ठिक्क पारिएको कुर्त सलवारलगायतका कपडा बरामद गरिएको बताए। बरामद गरिएका कपडा भारतबाट भन्सार छली गरी तस्करी गरेर विराटनगर ल्याइएको राजस्वको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

त्यसैगरी, केही समयअघि विराटनगर भन्सार कार्यालयका एजेन्ट राजकुमार रौनियारको गोदाममा पनि राजश्व कार्यालयले छापा मारेको थियो। कार्यालयका अनुसार तस्करीको कपडासहित ट्रयाक्टर नियन्त्रणमा लिएपछि रौनियारले राजश्वलाई धरौटी वापतको १५ लाख रुपैयाको बैंक ग्यारेन्टी बुझाएका थिए।

प्रतिक्रिया दिनुहोस्