Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

२८ माघ २०८१, सोमबार १३:२८

२८ माघ, बुटवल । सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको मुद्दामा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

सोमबार अदालतमा उपस्थित भएका जोशीलाई थुनछेक बहसपछि न्यायाधीश वशिष्ट कुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । पछि ठहरे बमोजिम हुने गरेर अहिलेलाई थुनामा पठाउने आदेश भएको छ ।

यो मुद्दामा पूर्व डीआईजी जोशीसहित रास्वपा सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कमा अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई लगायतलाई प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्