Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

अमेरिकामा दुई विमान ठोकिँदा एक जनाको मृत्यु

२९ माघ २०८१, मंगलवार ०८:४०

२९ माघ, काठमाडौँ। अमेरिकाको एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा सोमबार विमान दुर्घटना हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ। विमानस्थलमा दुई निजी विमानहरू एकअर्कासँग ठोक्किएका थिए, जसमा अन्य धेरै मानिसहरू घाइते भएका हुन् ।

दुर्घटनामा परी हालसम्म एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सीएनएनले दिएको खबरअनुसार अवतरण गर्ने क्रममा एक सानो जेट पार्किङ गरिराखेको अर्काे व्यवसायिक जेटमा ठोक्किएको हो ।

अवतरण गर्न लागेको लिअरजेट ३५ए विमान मोट्ली क्रु गायक भिन्स नीलको स्वामित्वमा रहेको छ । नील भने त्यसमा सवार नरहेको उनका प्रतिनिधि वोरिक रोबिन्सनले बताएका छन् ।

टेक्सासको अस्टिनबाट उडेको विमान दिउँसो करिब २ः४५ बजे स्कट्सडेल विमानस्थलमा अवतरण भएको थियो । ल्याण्डिङ गेयर फेल भएर दुर्घटना भएको विमानस्थलका उड्डयन योजना तथा आउटरिच संयोजक केली कुएस्टरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्