Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

भौतिक मन्त्रीको कानमा बतास पसोस्, नभए नेताले ढुङ्गा खाने स्थिति बन्यो– गोकुल बास्कोटा

२९ माघ २०८१, मंगलवार ०८:५६

२९ माघ, काठमाडौँ। सत्तारुढ नेकपा एमाले सांसद गोकुल बास्कोटाले पटक पटक सरकार परिवर्तन भए पनि आफ्नो निर्वाचन क्षेत्रको चार किलोमिटर बाटो निर्माण नभएको भन्दै आक्रोश पोखेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद् बास्कोटाले चारवटा प्रधानमन्त्री फेरिँदा समेत ४ किलोमिटर सडक बन्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘चारवटा प्रधानमन्त्री फेरिए, त्यति नै संख्यामा मन्त्री फेरियो सचिवको गणना छैन । ४ किमी सडक खावादेखि धुलिखेलसम्म बनेन । भौतिक मन्त्रीको कानमा बतास पसोस्, त्यहाँका जनताले यही भन्दिनु भनेका छन्, नभए ढुङ्गा खाने स्थिति बन्यो’ बास्कोटाले भने ।

प्रतिक्रिया दिनुहोस्