Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

रामहरि खतिवडालाई बोल्न दिएको विषयलाई लिएर संसद्‌मा हंगामा, १५ मिनेटका लागि बैठक स्थगित

२९ माघ २०८१, मंगलवार ०९:२१

२९ माघ, काठमाडौँ। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई आकस्मिक र शून्य समय सकिएपछि पनि बोल्न दिएपछि प्रतिपक्षले विरोध गरेको छ ।

प्रतिपक्ष माओवादी केन्द्र र रास्वपाले खतिवडालाई कुन प्रक्रिया अनुसार बोल्न दिइयो भनेर प्रश्न गरेपछि बैठक अवरुद्ध भयो । सांसदहरुले बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

यसबारे स्पष्टिकरण दिँदै सभामुख घिमिरेले यस्तो अवस्थामा के गर्नुपर्छ भन्ने विषयमा अध्ययन गर्न सचिवालयलाई आदेश दिइसकेको बताए । सचिवालयले धारणा दिइसकेपछि अगाडि बढ्न सकिने आश्वासन दिएपनि प्रतिपक्षले विरोध गरेपछि बैठक स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्