Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

नेपाल लाइफको २५औं सभाले पारित गर्‍यो २१.०५ प्रतिशत लाभांश

२९ माघ २०८१, मंगलवार ०९:३४

२९ माघ, काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघइको अध्यक्षतामा पर्सामा सम्पन्न भएको हो। कम्पनीको सञ्चालक समिति अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा २०८१ माघ २८ गते सोमबार होटल भिष्वा, वीरगन्जमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन पारित गरेको छ।

लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरिएको छ।

साधारणसभाले आव २०८०/८१ को वितरणयोग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५ सय ५४ रुपैयाँको २१.०५ प्रतिशतले हुन आउने रकम १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९ सय ५९ रुपैयाँ लाभांशको रूपमा प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस्