Trending
दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |    
समाचार

नेपाल लाइफको २५औं सभाले पारित गर्‍यो २१.०५ प्रतिशत लाभांश

२९ माघ २०८१, मंगलवार ०९:३४

२९ माघ, काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघइको अध्यक्षतामा पर्सामा सम्पन्न भएको हो। कम्पनीको सञ्चालक समिति अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा २०८१ माघ २८ गते सोमबार होटल भिष्वा, वीरगन्जमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन पारित गरेको छ।

लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरिएको छ।

साधारणसभाले आव २०८०/८१ को वितरणयोग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५ सय ५४ रुपैयाँको २१.०५ प्रतिशतले हुन आउने रकम १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९ सय ५९ रुपैयाँ लाभांशको रूपमा प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस्