Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

युकेमा भूपेन्द्रलाई दोहोरो स्वर्ण

२९ माघ २०८१, मंगलवार ११:३३

२९ माघ, काठमाडौं। नेपालका भूपेन्द्र गुरुङले आईएमएसी खुला प्रतियोगितामा २ स्वर्ण पदक जितेका छन् । इन्टरनेसनल मार्सल आर्ट्स कोर्पोरेसन (आईएमएसी) मुख्यालयद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले २ फरक स्पर्धामा स्वर्ण जितेका हुन् ।

भूपेन्द्रले युकेमा भएको प्रतियोगिताको नान् छ्वान र ताइची स्पर्धामा स्वर्ण जिते । उनले नान् छ्वानमा २७.३ तथा ताइचीमा २७ अंक जोडे । दुवै स्पर्धा ३० पूर्णाङ्कको थियो । तीन महिनाको अवधिमा भूपेन्द्रले जितेको योसहित ८ पदक हो ।

यसअघि अमेरिकाको विभिन्न शहरमा भएका ३ प्रतियोगितामा भूपेन्द्रले ६ पदक जितेका थिए । व्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा २ स्वर्ण, १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा २ रजत र छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा समान १–१ स्वर्ण र रजत जितेका थिए ।

भूपेन्द्र आईएमएसी खुला प्रतियोगिता खेल्न अमेरिकाबाटै युके पुगेका हुन् । युकेमै उनले उमा नेपालको चौथो डान पनि प्राप्त गरेका छन् । वल्र्ड युनाइटेड मार्सल आर्ट्स (उमा) का अध्यक्ष ग्रान्ड मास्टर रिचर्ड होप्किन्सले भूपेन्द्रलाई प्रमाण पत्र प्रदान गरे । नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईलाई पनि नेपालका लागि आईएमएसीको महासचिवको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्