Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

धनगढीमा डिउटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहारको प्रयास

३० माघ २०८१, बुधबार ०५:५५

३० माघ,कैलाली। कैलालीको धनगढीमा एक युवाले ड्युटीमा रहेका प्रहरीलाई चक्कु प्रहार प्रयास गरेका छन् ।

ट्राफिक चौराहमा मंगलबार राति डिउटीमा रहेका प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा चक्कु प्रहारको प्रयास भएको हो ।

राति करिब सवा ८ बजेतिर ‘हरहर महादेव’ भन्दै चक्कु हातमा लिई सडकमा हिँडिरहेका ३६ वर्षीय टेकबहादुर टमटालाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओमा प्रहरीले नियन्त्रण गर्न खोज्दा आक्रमण गर्ने प्रयास गरेको देखिन्छ ।

प्रहरीका अनुसार आक्रमण प्रयास गर्ने धनगढी उपमहानगरपालिका-१४ निवासी टमटालाई मंगलबार राति नै पक्राउ गरिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । यद्यपि, घटनाबारे औपचारिक रुपमा प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्