Trending
दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |    
समाचार

ट्रम्पद्वारा युएसएआइडीका महानिरीक्षक बर्खास्त

३० माघ २०८१, बुधबार ०७:३७

३० माघ, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सहयोग नियोग (युएसएआइडी) का महानिरीक्षक पउल मार्टिनलाई बर्खास्त गरेका छन् ।

मंगलबार युएसएआइडीको महानिरीक्षकको जिम्मेवारीबाट हटाइएको र उक्त निर्णय तत्कालै कार्यान्वयन हुने ह्वाइट हाउसबाट मार्टिनलाई इमेल पठाइएको थियो ।

वासिङ्टन– अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआईडी) का प्रमुख निरीक्षक पौल मार्टिनलाई मंगलबार बर्खास्त गरिएको छ। युएसएआईडीका एक अधिकारीका अनुसार, ट्रम्प प्रशासनले एजेन्सी बन्द गर्ने प्रयास गरेको भन्दै आलोचनात्मक प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्ट उनलाई बर्खास्त गरिएको हो।

मार्टिन सन् २०२३ को डिसेम्बरदेखि युएसएआईडीका महानिरीक्षकका रूपमा कार्यरत थिए। यो पद अमेरिकी सिनेटको अनुमोदन आवश्यक पर्ने पद हो। युएसएआईडी अधिकारीका अनुसार मार्टिनलाई “पदबाट हटाइएको” छ। अधिकारीले आफ्नो नाम नखुलाउने सर्तमा यो संवेदनशील विषयमा बोलेका हुन्।

मार्टिनलाई राष्ट्रपति कर्मचारी कार्यालयका उपनिर्देशक ट्रेन्ट मोर्स बाट इमेल मार्फत बर्खास्त गरिएको जानकारी दिइएको थियो। इमेल अनुसार मार्टिनको युएसएआईडी महानिरीक्षक पद “तत्काल प्रभाव” बाट समाप्त गरिएको उल्लेख थियो।

ट्रम्प र इलन मस्कले भने जस्तो युएसएआइडी आपराधिक संगठन नभएको पनि प्रतिवेदनमा उल्लेख छ । त्यसरी प्रतिवेदन सार्वजनिक भएको एक दिनमै महानिरीक्षकलाई ट्रम्पले बर्खास्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्