Trending
दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |    
समाचार

मलेसिया र क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

३० माघ २०८१, बुधबार ०७:५८

३० माघ, काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका-११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ५४ वर्षीय लिल बहादुर राई र काठमाडौं महानगरपलिका-२३ बसन्तपुर बस्ने ३७ वर्षीय बिशाल श्रेष्ठ रहेका छन् ।

पक्राउ मध्ये लिल बहादुरले मलेसिया पठाइदिछु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपैयाँ र बिशालले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लिल बहादुरलाई काठमाडौं बत्तीसपुतलीबाट र बिशाललाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्