Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

कांग्रेसले युवालाई नेतृत्वमा ल्याउनुपर्छ: डा कोइराला

५ आश्विन २०८१, शनिबार १३:४२

५ असोज,काठमाडौँ। नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनुपर्ने बताएका छन्।

कांग्रेसका युवाहरू अघि बढेकाले उनीहरूलाई नेतृत्वमा ल्याउनुपर्ने उनको भनाइ थियो। काभ्रेको धुलिखेलमा शनिबार बीपी कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै कांग्रेस नेता कोइरालाले युवाहरूको मागलाई पार्टीले सम्बोधन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे। शेरबहादुर देउवा सदाबहार पार्टी सभापति नहुने भएकाले पनि त्यसमा युवाहरूलाई ल्याउनुपर्ने उनको भनाइ थियो।

बीपी कोइरालाले पदबाट राजीनामा दिएर कृष्णप्रसाद भट्टराई पार्टी सभापतिको पदको जिम्मेवारी दिएको उल्लेख गर्दै त्यसबाट सिकेर अहिलेको नेतृत्वले पनि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै अघि बढ्नुपर्ने उनले बताए।

‘६० प्रतिशत जनसंख्या ४० वर्षमुनिको छ। तर नेताहरूले कहिल्यै तिनीहरूलाई सम्बोधन गरेनन्। सबै बुढाहरूका लागि मात्रै सम्बोधन गरे। हामीले कहिल्यै पनि युवाहरूलाई सम्बोधन गर्न सकेनौँ। जहिले पनि बुढाहरु नै मन्त्री बन्छन्। युवाहरूले कहिल्यै चान्स नै पाउँदैनन्। मन्त्री मात्रै होइन, कुनै पनि ठाउँमा युवाहरूलाई प्रोत्साहन किन गर्दैनौँ हामी? भोलिको राजनीति त उनीहरूको हातमा दिनुपर्ने हो। शेरबहादुरजी सदाबहार यहाँ पार्टी सभापति हुनुहुन्न। अब युवाहरू आउँछन्, उनीहरूलाई ठाउँ दिनुपर्‍यो। उनीहरूलाई अगाडि बढाउनु पर्‍यो। हामी त छौँ तर कति दिन छौँ?,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्