Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

कांग्रेसले युवालाई नेतृत्वमा ल्याउनुपर्छ: डा कोइराला

५ आश्विन २०८१, शनिबार १३:४२

५ असोज,काठमाडौँ। नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनुपर्ने बताएका छन्।

कांग्रेसका युवाहरू अघि बढेकाले उनीहरूलाई नेतृत्वमा ल्याउनुपर्ने उनको भनाइ थियो। काभ्रेको धुलिखेलमा शनिबार बीपी कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै कांग्रेस नेता कोइरालाले युवाहरूको मागलाई पार्टीले सम्बोधन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे। शेरबहादुर देउवा सदाबहार पार्टी सभापति नहुने भएकाले पनि त्यसमा युवाहरूलाई ल्याउनुपर्ने उनको भनाइ थियो।

बीपी कोइरालाले पदबाट राजीनामा दिएर कृष्णप्रसाद भट्टराई पार्टी सभापतिको पदको जिम्मेवारी दिएको उल्लेख गर्दै त्यसबाट सिकेर अहिलेको नेतृत्वले पनि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै अघि बढ्नुपर्ने उनले बताए।

‘६० प्रतिशत जनसंख्या ४० वर्षमुनिको छ। तर नेताहरूले कहिल्यै तिनीहरूलाई सम्बोधन गरेनन्। सबै बुढाहरूका लागि मात्रै सम्बोधन गरे। हामीले कहिल्यै पनि युवाहरूलाई सम्बोधन गर्न सकेनौँ। जहिले पनि बुढाहरु नै मन्त्री बन्छन्। युवाहरूले कहिल्यै चान्स नै पाउँदैनन्। मन्त्री मात्रै होइन, कुनै पनि ठाउँमा युवाहरूलाई प्रोत्साहन किन गर्दैनौँ हामी? भोलिको राजनीति त उनीहरूको हातमा दिनुपर्ने हो। शेरबहादुरजी सदाबहार यहाँ पार्टी सभापति हुनुहुन्न। अब युवाहरू आउँछन्, उनीहरूलाई ठाउँ दिनुपर्‍यो। उनीहरूलाई अगाडि बढाउनु पर्‍यो। हामी त छौँ तर कति दिन छौँ?,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्