Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

आज ‘जनयुद्ध दिवस’ मनाउँदै

१ फाल्गुन २०८१, बिहीबार ०२:४०

१ फागुन,काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) आज ‘जनयुद्ध दिवस’ मनाउँदै छ । आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम आयोजना गरेर माओवादीले यो दिवस मनाउने भएको हो ।

प्रचण्डले एक भिडियो सन्देश जारी गर्दै ‘जनयुद्ध दिवस’को शुभकामना दिएका छन् । पछिल्लो परिवर्तन जनयुद्धका कारण नै सम्भव भएको उनले उक्त सन्देशमा दाबी गरेका छन् । जसका कारण पछाडि पारिएका समुदायहरू मूल प्रवाहीकरणमा आएको उनको तर्क छ ।

त्यस्तै माओवादी केन्द्रले जितेका स्थानीय तहहरूमा पनि सार्वजनिक बिदा दिएर यो दिवस मनाइँदै छ । यसअघि प्रचण्ड प्रधानमन्त्री भएको बेला सरकारले २०७९ फागुन १ देखि प्रत्येक वर्ष जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, २०८० देखि नै उक्त निर्णय कार्यान्वयनमा भने रोक लाग्यो ।

प्रचण्डले एक भिडियो सन्देश जारी गर्दै जनयुद्ध दिवसको शुभकामना दिएका छन् । पछिल्लो परिवर्तन जनयुद्धका कारण नै सम्भव भएको उनले उक्त सन्देशमा दाबी गरेका छन् । जसका कारण पछाडि पारिएका समुदायहरू मूल प्रवाहीकरणमा आएको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्