Trending
दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |    
समाचार

आज ‘जनयुद्ध दिवस’ मनाउँदै

१ फाल्गुन २०८१, बिहीबार ०२:४०

१ फागुन,काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) आज ‘जनयुद्ध दिवस’ मनाउँदै छ । आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम आयोजना गरेर माओवादीले यो दिवस मनाउने भएको हो ।

प्रचण्डले एक भिडियो सन्देश जारी गर्दै ‘जनयुद्ध दिवस’को शुभकामना दिएका छन् । पछिल्लो परिवर्तन जनयुद्धका कारण नै सम्भव भएको उनले उक्त सन्देशमा दाबी गरेका छन् । जसका कारण पछाडि पारिएका समुदायहरू मूल प्रवाहीकरणमा आएको उनको तर्क छ ।

त्यस्तै माओवादी केन्द्रले जितेका स्थानीय तहहरूमा पनि सार्वजनिक बिदा दिएर यो दिवस मनाइँदै छ । यसअघि प्रचण्ड प्रधानमन्त्री भएको बेला सरकारले २०७९ फागुन १ देखि प्रत्येक वर्ष जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, २०८० देखि नै उक्त निर्णय कार्यान्वयनमा भने रोक लाग्यो ।

प्रचण्डले एक भिडियो सन्देश जारी गर्दै जनयुद्ध दिवसको शुभकामना दिएका छन् । पछिल्लो परिवर्तन जनयुद्धका कारण नै सम्भव भएको उनले उक्त सन्देशमा दाबी गरेका छन् । जसका कारण पछाडि पारिएका समुदायहरू मूल प्रवाहीकरणमा आएको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्