Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

मन्त्री भण्डारीलाई राजीनामाका लागि तयार रहन अध्यक्ष ठाकुरको निर्देशन

१ फाल्गुन २०८१, बिहीबार ११:५६

१ फागुन, सर्लाही। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीबाट सरकारमा रहेका ​श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई राजीनामा दिनका लागि तयार रहन निर्देशन दिएका छन् ।

भूमिसम्बन्धी अध्यादेश अस्वीकार गरेपछि अध्यक्ष ठाकुरले मन्त्री भण्डारीलाई राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने भन्दै एक–दुई दिनमा के–के गर्नुछ गर्न भनेका हुन् ।

बिहीबार सर्लाहीमा आयोजित कार्यकर्ता भेटघाटमा अध्यक्ष ठाकुरले अध्यादेशका कारण सरकारमाथि नैतिक संकट आएको बताए । उनले सरकारमाथि मात्र नभई आफ्नो पार्टी पनि नैतिक संकटमा आएको बताए ।

सरकारमा रहेर विपक्षमा निर्णय गर्नु पार्टीका लागि नैतिक संकट  रहेको भन्दै उनले आफूले पार्टीका मन्त्रीलाई एक दुई दिनमा के –के गर्नुछ गर्नुस् भनिसकेको बताए ।  उनले भने, ‘अध्यादेश अस्वीकार गर्नु भनेको सरकार गिराउनका लागि होइन तर सरकारमाथि नैतिक संकट आएको छ । हामीमाथि पनि नैतिक संकट आएको छ । नैतिक संकट भनेको पर्सन कुरा हो ।’

प्रतिक्रिया दिनुहोस्