Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

सिग्देललाई मास्टर्स एथ्लेटिक्समा रजत पदक

२ फाल्गुन २०८१, शुक्रबार ०४:४८

२ फागुन, काठमाडौँ। २९औं थाइल्याण्ड मास्टर्स एथ्लेटिक्स प्रतियोगितामा झापाका कृष्णप्रसाद सिग्देलले रजत पदक जितेका छन् ।

राजधानी बैंककको च्याङ राईमा आयोजना भएको यो प्रतियोगितामा झापाका सिग्देलले ५५–५९ उमेर समूहमा लङजम्पतर्फ ४ दशमलव ९० मीटरको जम्प लगाउँदै रजत पदक जितेका हुन् ।

बिहीबार भएको खेलमा पदक जितेपछि उनले खुसी व्यस्त गरेका छन । ‘मैले पदक जित्छु भन्ने कल्पना गरेको थिइन । त्यति धेरै ठूला राष्ट्रका खेलाडी सहभागी थिए । खुसी लागेको छ,’ उनले जितपछि सञ्चारकर्मीसँग भने ।

१२ फेब्रुअरीदेखि सुरु भएको यो प्रतियोगितामा भाग लिन ९ खेलाडी र २ पदाधिकारी गरी ११ जनाको नेपाली टोली बैंकक पुगेको थियो । प्रतियोगितामा २२ राष्ट्रका खेलाडी सहभागी छन् । प्रतियोगिता १६ तारिखसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्