Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

महिला लिगमा संकटा र पुलिस विजयी

५ आश्विन २०८१, शनिबार १३:५४

५ असोज,काठमाडौँ। राजधानीमा जारी एन्फा महिला लिगमा संकटा फुटबल क्लब र नेपाल पुलिस क्लब विजयी भएको छ । ​

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार भएको पहिलो खेलमा संकटाले सुदूरपश्चिमलाई ६–० गोल अन्तरले पराजित गर्यो । संकटाको दोस्रो जितमा तेमिलोपे जेनिफरले चार गोल गरिन् । ममता पुन र पूर्णिमा हमालले एक एक गोल गरिन् । जितसँगै संकटाले सात खेलबाट आठ अंक जोडेको छ ।

सुदूरपश्चिमको भने यो लगातार सातौं हार हो । त्यस्तै शनिबार नै भएको दोस्रो खेलमा पुलिस क्लवले वालिङ नगरपालिकालाई २–० गोल अन्तरले पराजित गर्यो । पुलिसका लागि दुवै गोल सम्झना लावतीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्