Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

राष्ट्रपति ट्रम्प र भारतिय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

२ फाल्गुन २०८१, शुक्रबार ०५:२१

२ फागुन, काठमाडौँ। दुई दिनका लागि अमेरिकाको औपचारिक भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट हुने भएको छ ।

ट्रम्प राष्ट्रपतिमा पुनः निर्वाचित भएपछिको यो उनीहरूको पहिलो भेट हो । बैठकमा मुख्य रूपमा व्यापार, भन्सार शुल्क (ट्यारिफ) र आप्रवासनबारे छलफल केन्द्रित रहेको बताइएको छ । यो मोदीको प्रधानमन्त्री बनेपछि अमेरिकाको १०औँ भ्रमण हो र ट्रम्पसँगको चौथो भेट हो । यो बैठकले भारत–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

दुई नेताले व्हाइट हाउसमा एक आपसमा हात मिलाएर र अँगालो हाली अंतर्राष्ट्रिय संचारमाध्यमसँग संवाद गरे र त्यसपछि द्विपक्षीय वार्ता सुरु गरे । “म राष्ट्रपति ट्रम्पको लागि उनको देशलाई सधै प्राथमिकता दिनुमा प्रशंसा गर्छु । म पनि त्यहि गर्छु – यो हाम्रो बीचको समानता हो,” प्रधानमन्त्री मोदीले भने । ट्रम्पले यसैमा थपे, “उनी भारतमा राम्रो काम गर्दैछन् र हामी हाम्रो राष्ट्रहरूको बीचका सम्बन्धलाई अझ बलियो बनाउँछौं ।”

बिश्व मुद्दाबारे पनि छलफल भएको बताइएको छ । रुस–युक्रेन युद्धबारे मोदीले शान्ति प्रक्रियाको पक्षमा भारत उभिएको बताएका छन् । उनले भने, “भारत तटस्थ छैन, बरु शान्तिको पक्षमा छ। युद्ध समाधान वार्ताबाट मात्र सम्भव छ ।” एजेन्सी

प्रतिक्रिया दिनुहोस्