Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

लेवनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

३ फाल्गुन २०८१, शनिबार ०९:०७

३ फागुन, काठमाडौँ। युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ ।

लेवनानको राजधानी बेरुतमा शान्ति सेनाका डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाललगायत सुरक्षाकर्मी सवार सवारी साधनमा उत्तेजित भीडले आक्रमण गरेको हो । उनी चढेको कन्भोयलाई स्थानीय समयअनुसार शुक्रबार राति १२ बजे उत्तेजित प्रदर्शनकारी/भिडले रोकी तोडफोड गर्दा ढकाल घाइते भएको नेपाली सेनाले जनाएको छ।

घटनापछि उनलाई तत्कालै उद्धार गरी यूएन लेभल अस्पताल पुर्‍याइएको थियो । अस्पतालले हाल उनी खतरामुक्त रहेको जनाएको जंगीअड्डाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। डेपुटी फोर्स कमान्डर आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्कने क्रममा थिए।

घटनाका सम्बन्धमा युनिफिल मिसन हेडक्वार्टरले विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्