Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

लेवनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

३ फाल्गुन २०८१, शनिबार ०९:०७

३ फागुन, काठमाडौँ। युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ ।

लेवनानको राजधानी बेरुतमा शान्ति सेनाका डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाललगायत सुरक्षाकर्मी सवार सवारी साधनमा उत्तेजित भीडले आक्रमण गरेको हो । उनी चढेको कन्भोयलाई स्थानीय समयअनुसार शुक्रबार राति १२ बजे उत्तेजित प्रदर्शनकारी/भिडले रोकी तोडफोड गर्दा ढकाल घाइते भएको नेपाली सेनाले जनाएको छ।

घटनापछि उनलाई तत्कालै उद्धार गरी यूएन लेभल अस्पताल पुर्‍याइएको थियो । अस्पतालले हाल उनी खतरामुक्त रहेको जनाएको जंगीअड्डाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। डेपुटी फोर्स कमान्डर आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्कने क्रममा थिए।

घटनाका सम्बन्धमा युनिफिल मिसन हेडक्वार्टरले विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्