Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

नागरिक सेवामा समर्पित हुनुपर्नेमा प्रदेश प्रमुखको जोड

३ फाल्गुन २०८१, शनिबार ०९:३८

३ फागुन, विराटनगर। कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार नागरिक सेवामा समर्पित हुनुपर्नेमा जोड दिएका छन् ।

कोशी प्रदेश सरकार स्थापनाको ७ औँ वार्षिकोत्सव समारोहका अवसरमा शनिवार विराटनगरमा आयोजित कार्यक्रममा खापुङले प्रदेश सरकारले सीमित साधन स्रोतको बाबजुद राम्रो काम गरिरहेकोले यसलाई निरन्तरता दिँदै जनताको हकहितमा कार्यक्रम र योजनाहरू ल्याउन आग्रह समेत गरे । उनले प्रदेश सरकारले संविधान र कानुन अनुसार कार्य गरिरहेकाले यसलाई अझै प्रभावकारी रूपमा जनताको पक्षमा लैजान सुझाव दिए ।

उनले प्रदेश सरकारले संविधान र कानुन अनुसार कार्य गरिरहेकाले यसलाई अझै प्रभावकारी रूपमा जनताको पक्षमा लैजान सुझाव दिए ।कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले भौतिक पूर्वाधारका साथै मानव संशाधन विकासमा कार्यक्रम र योजनाहरू ल्याउन लागेको जानकारी दिए । उनले आर्थिक स्रोतको अभावमा प्रभावकारी काम गर्न नसकिएको स्वीकार गर्दै प्रदेश सरकारले पहिलो पटक आन्तरिक आयस्रोत अभिवृद्धि गर्न प्रदेश राजस्व कार्यालय गठनको प्रक्रिया थालिएको धारणा राखे ।

त्यस्तै कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले सबै राजनैतिक दलहरू मिलेर प्रदेशको विकास र उन्नतिमा काम गर्न सके कोशी प्रदेश सम्भावनाको क्षेत्र भएको जिकिर गरे । कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सरकारका ७ वर्षको उपलब्धिहरू समेटिएको पुस्तक सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्