Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

नागरिक सेवामा समर्पित हुनुपर्नेमा प्रदेश प्रमुखको जोड

३ फाल्गुन २०८१, शनिबार ०९:३८

३ फागुन, विराटनगर। कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार नागरिक सेवामा समर्पित हुनुपर्नेमा जोड दिएका छन् ।

कोशी प्रदेश सरकार स्थापनाको ७ औँ वार्षिकोत्सव समारोहका अवसरमा शनिवार विराटनगरमा आयोजित कार्यक्रममा खापुङले प्रदेश सरकारले सीमित साधन स्रोतको बाबजुद राम्रो काम गरिरहेकोले यसलाई निरन्तरता दिँदै जनताको हकहितमा कार्यक्रम र योजनाहरू ल्याउन आग्रह समेत गरे । उनले प्रदेश सरकारले संविधान र कानुन अनुसार कार्य गरिरहेकाले यसलाई अझै प्रभावकारी रूपमा जनताको पक्षमा लैजान सुझाव दिए ।

उनले प्रदेश सरकारले संविधान र कानुन अनुसार कार्य गरिरहेकाले यसलाई अझै प्रभावकारी रूपमा जनताको पक्षमा लैजान सुझाव दिए ।कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले भौतिक पूर्वाधारका साथै मानव संशाधन विकासमा कार्यक्रम र योजनाहरू ल्याउन लागेको जानकारी दिए । उनले आर्थिक स्रोतको अभावमा प्रभावकारी काम गर्न नसकिएको स्वीकार गर्दै प्रदेश सरकारले पहिलो पटक आन्तरिक आयस्रोत अभिवृद्धि गर्न प्रदेश राजस्व कार्यालय गठनको प्रक्रिया थालिएको धारणा राखे ।

त्यस्तै कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले सबै राजनैतिक दलहरू मिलेर प्रदेशको विकास र उन्नतिमा काम गर्न सके कोशी प्रदेश सम्भावनाको क्षेत्र भएको जिकिर गरे । कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सरकारका ७ वर्षको उपलब्धिहरू समेटिएको पुस्तक सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्