Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
खेलकुद

लोयल्टी क्वाटरफाइनलमा

३ फाल्गुन २०८१, शनिबार १०:५१

३ फागुन,काठमाडौं। आयोजक लोयल्टी एकेडेमी ‘बी’ १३ औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शनिबार क्वाटरफाइलनमा प्रवेश गरेको छ ।

एकताबस्तीस्थित घरेलु मैदानमा लोयल्टी ‘बी’ ले रिलायन्स इन्टरनेसनल स्कुललाई २–० तथा जगत मन्दिरलाई १–० गोलले पराजित गर्दै समूह ‘डि’ विजेता बन्यो । क्वाटरफाइनलमा लोयल्टी ‘बी’ को भेट होली गार्डेनसंग हुनेछ ।

समूह चरणको अन्य खेलमा हिमालयन बोर्डिङ स्कुलले त्रिज्योतिलाई २–० तथा दुईपटकको उपाधि विजेता लिटिल एन्जल्सले होली गार्डेनलाई ४–१, लोयल्टी ‘सी’ लाई ६–० र फेरिल्यन्ड इन्टरनेसनल स्कुललाई ७–० गोलले पाखा लगाए ।

त्यस्तै, जगत मन्दिरले रिलायन्सलाई २–१ तथा होली गार्डेनले लोयल्टी ‘सी’ लाई ४–० गोलले पन्छाए । फेरिल्यान्डले लोयल्टी ‘सी’ संग गोलरहित तथा होली गार्डेनसंग १–१ गको बराबरी खेल्यो ।

यससंगै आइतबार हुने क्वाटरफाइनल समीकरण पूरा भएको छ । बाँकीका ३ क्वाटरफाइनलमा चेल्सी वल्र्ड स्कुले गेट्वे एकेडेमी, इस्टपोलले हिमालयन र लिटिल एन्जल्सले जगत मन्दिर विरुद्ध खेल्ने छन् । आइतबारै सेमिफाइनल पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्