Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

लोयल्टी क्वाटरफाइनलमा

३ फाल्गुन २०८१, शनिबार १०:५१

३ फागुन,काठमाडौं। आयोजक लोयल्टी एकेडेमी ‘बी’ १३ औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शनिबार क्वाटरफाइलनमा प्रवेश गरेको छ ।

एकताबस्तीस्थित घरेलु मैदानमा लोयल्टी ‘बी’ ले रिलायन्स इन्टरनेसनल स्कुललाई २–० तथा जगत मन्दिरलाई १–० गोलले पराजित गर्दै समूह ‘डि’ विजेता बन्यो । क्वाटरफाइनलमा लोयल्टी ‘बी’ को भेट होली गार्डेनसंग हुनेछ ।

समूह चरणको अन्य खेलमा हिमालयन बोर्डिङ स्कुलले त्रिज्योतिलाई २–० तथा दुईपटकको उपाधि विजेता लिटिल एन्जल्सले होली गार्डेनलाई ४–१, लोयल्टी ‘सी’ लाई ६–० र फेरिल्यन्ड इन्टरनेसनल स्कुललाई ७–० गोलले पाखा लगाए ।

त्यस्तै, जगत मन्दिरले रिलायन्सलाई २–१ तथा होली गार्डेनले लोयल्टी ‘सी’ लाई ४–० गोलले पन्छाए । फेरिल्यान्डले लोयल्टी ‘सी’ संग गोलरहित तथा होली गार्डेनसंग १–१ गको बराबरी खेल्यो ।

यससंगै आइतबार हुने क्वाटरफाइनल समीकरण पूरा भएको छ । बाँकीका ३ क्वाटरफाइनलमा चेल्सी वल्र्ड स्कुले गेट्वे एकेडेमी, इस्टपोलले हिमालयन र लिटिल एन्जल्सले जगत मन्दिर विरुद्ध खेल्ने छन् । आइतबारै सेमिफाइनल पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्