Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

३ फाल्गुन २०८१, शनिबार १०:५५

३ फागुन,काठमाडौं। देशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ४१ वर्षीय गणेश बहादुर थापा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-४ काफ्लेचोक घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-६ बनेपा बस्ने ३९ वर्षीय दिनेश प्रसाद अधिकारी रहेका छन् ।

उनीहरूले क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट ७१ लाख ७० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई भक्तपुरको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरू उपर मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को ठगी सम्बन्धी कसूरको दफा १४(६) बमोजिम जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्