Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

तीनै तहका सरकार अधिकार सम्पन्न बनाउँछौँ : उपप्रधानमन्त्री सिंह

३ फाल्गुन २०८१, शनिबार ११:०७

३ फागुन,बुटवल। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संघीयताको मूल भावना अनुसार संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको बताएका छन् ।

शनिवार बुटवल उपमहानगरपालिकाको ६६औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उपप्रधानमन्त्री सिंहले संघीयता बलियो बनाउन र संविधान कार्यान्वयनका लागि आवश्यक संशाेधन र ऐन बनाउनका लागि नै अहिले संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरू मिलेर अहिले सरकार बनेको बताए ।

कुर्सीमा जानका लागि मात्र अहिलेको सरकार बनेको होइन,’ सिंहले भने, ‘संघीयताको मूल भावनाअनुसार तीनै तहका सरकारलाई पूर्ण अधिकारसम्पन्न बनाउन सरकार लागिरहेको छ ।’

उपप्रधानमन्त्री सिंहले अब सहरहरूको विकास गर्दा नागरिकलाई चाहिने न्यूनतम सुविधा दिन सक्नुपर्ने भन्दै नागरिकको जीवन सहज बनाउने गरी सहरलाई अघि बढाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्