Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

तीनै तहका सरकार अधिकार सम्पन्न बनाउँछौँ : उपप्रधानमन्त्री सिंह

३ फाल्गुन २०८१, शनिबार ११:०७

३ फागुन,बुटवल। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संघीयताको मूल भावना अनुसार संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको बताएका छन् ।

शनिवार बुटवल उपमहानगरपालिकाको ६६औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उपप्रधानमन्त्री सिंहले संघीयता बलियो बनाउन र संविधान कार्यान्वयनका लागि आवश्यक संशाेधन र ऐन बनाउनका लागि नै अहिले संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरू मिलेर अहिले सरकार बनेको बताए ।

कुर्सीमा जानका लागि मात्र अहिलेको सरकार बनेको होइन,’ सिंहले भने, ‘संघीयताको मूल भावनाअनुसार तीनै तहका सरकारलाई पूर्ण अधिकारसम्पन्न बनाउन सरकार लागिरहेको छ ।’

उपप्रधानमन्त्री सिंहले अब सहरहरूको विकास गर्दा नागरिकलाई चाहिने न्यूनतम सुविधा दिन सक्नुपर्ने भन्दै नागरिकको जीवन सहज बनाउने गरी सहरलाई अघि बढाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्